बारा,२१ चैत्र । बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार पुरुषोत्तम पौडेल चुनावी मैदानमा छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार जनताको उत्साहजनक सहभागितामा मनोनयन दर्ता गरे सँगै चुनावी मैदानमा होमिएका हुन् ।
यसअघि साबिक बारा ३ र ६ बाट चुनाव जितेका पौडेललाई उपनिर्वाचनमा उम्मेदवार बनाएको छ । इतिहासमा सधै जनताको मन जितेर आएका नेता पौडेलको अहिले पनि जित शुनिश्चित हुने कुरा निर्वाचन क्षेत्रका जनताहरुको भनाई छ ।
पार्टीको पोलिटव्युरो सदस्य तथा मधेश प्रदेश सह इन्चार्जसमेत रहेका पौडेल स्थानिय जनस्तरमा रुचाइएका व्यक्तिको रुपमा स्थापित छन । पार्टीका नेता कार्यकर्ता सँगको सरल र मिजासिलो व्याबहार भएका कारण ग्रासरुटका कार्यकर्ताको रोजाईमा पर्ने नेताको रपमा स्थापित भएको निर्वाचन क्षेत्रका बासिन्दाहरुको भनाई रहेकोछ ।
चुनावी अभियानमा जुटेका उम्मेदवार पौडेलले देशलाई अहिले असल राजनिती संस्कार आवस्यक रहेको बताए । जनमुखी राजनितिक चरित्र आवस्यक भएकोले यसको निम्ति नेकपा एमालेलाई जिताउनु आवस्यक रहेको कुरा पौडेल बताउछन ।
यस्तो छ पौडेलको राजनिति यात्रा
बुबा टंकनाथ र आमा रत्नकुमारी पौडेलको सन्तानको रुपमा २०२१ सालमा पुरुषोत्तम पौडेलको जन्म भएको हो । २०३५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका पौडेल २०३६ सालमा अनेरास्ववियु जिल्ला सचिव हुदैँ २०३८ अनेरास्ववियु केन्द्रिय सदस्य सम्मको जिम्मेवारी पाएका थिए ।
२०४३ सालमा भएको निजगढ गाउँ पंचायतको निर्वाचनमा जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका थिए । भुमिगत कालदेखिनै राजनीतिमा संघर्ष गरेका पौडेल पार्टीको विभिन्न जिम्मेवारी पार गर्दै २०४८ नेकपा एमाले जिल्ला सचिव भए । २०५१ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा वारा -३ बाट नेकपा एमालेबाट निर्वाचित सांसद भएका थिए । पार्टीको कामलाई निरन्तरता दिएका पौडेल २०५९ सालमा नेकपा एमालेको केन्द्रीय सदस्य भए ।
राजनितिमा उच्च क्षमताका धनि तथा दुरदर्शी भिजन भएका पौडेल २०६७ सालमा प्रधानमन्त्रीको राजनितिक सल्लाहकार समेत रहेका थिए । २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा वारा - ६ बाट निर्वाचित भएपछि पौडेल युवा तथा खेलकुद मन्त्री भए । हाल उनि नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा मधेश प्रदेश सह इन्चार्जको जिम्मेवारीमा छन् ।




















