बारा,३ बैशाख : बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश सरकारले मधेसमा विकास नगरेर भ्रष्टाचारमात्र गरेको आरोप लगाउनु भएकोछ ।
बारा क्षेत्र नम्बर २ को लौतनमा आयोजित घरदैलो तथा चुनावी कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले यस्तो आरोप लगाउनु भएको हो ।
पार्टीका पोलिटव्युरो सदस्य समेत रहनु भएका पौडेलले मधेसमा जसपा अध्यक्ष उपेन्द्र यादवको समरक्षणमा भष्टाचार भएको दाबी पनि गर्नु भयो ।
उम्मेदवार पौडेलले भन्नू भयो " जसपाले ५ वर्ष प्रदेश सरकार चलायो,यस क्षेत्रमा सांसद र विधायक पनि जसपा कै बने लौतन मधुवन -नयाँ बस्ती, सडक धुलाम्मे छ "खानेपानीको समस्या छ,क्षेत्र भरिका स्वास्थ केन्द्रमा एकजना बिशेषज्ञ डाक्टर छैनन,शिक्षाको स्थिति कमजोर छ, सरकार भ्रष्टाचार गर्न तल्लिन छ । उम्मेद्वार पौडेलले यसक्षेत्रको समस्या समाधान गर्न आफू आएको बताउनु भयो ।
कार्यक्रममा पोलिटव्युरो सदस्य अच्युत मैनालीले जनताका काम नगरेका कारण सप्तरिमा उपेन्द्र यादवलाई हराएको र बाराबासिले पनि धुलो चटाउने दाबी गर्नु भयो ।
त्यसैगरी पोलिटव्युरो सदस्य ज्वाला साहले शिवचन्द्र कुशवाहा सधै पार्टी परिबर्तन गर्ने गरेको स्मरण गराउदै यस क्षेत्रमा २०६४ सालमा जितेर जादा कुनै पनि काम नगरेको बताउनु भयो ।
प्रमोद चौधरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बलबिर चौधरी,पार्टीका नेताहरु सरस्वती चौधरी, पलट चौधरी,त्रीलोकि चौधरी ,देव नारायण चौधरी ,मनोज पौडेल लगायतका नेताहरु को उपस्थिति रहेकोे थियो ।




















