बारा ५  बैशाख :  नेकपा एमाले पोलिटव्युरो सदस्य ज्वाला साहले बारा २ मा जितेका सांसदले जनताको पक्षमा काम केहि काम नगरेको आरोप लगाउनु भएको छ । बारा २ को उपनिर्वाचनमा एमालेको घरदैलो कार्यक्रमको अवसरमा यस्तो कुरा बताउनु भएको हो । 

पुर्व मन्त्री समेत रहनुभएकी साहले अहिले जनमत पार्टीबाट चुनाब लड्दै गरेका  शिव चन्द्र कुसवाहा २०६४ सालमा बारा २ बाट जितेर गए पछि केहि विकास नगरेको आरोप लगाउनु भयो । उहाँले शिवचन्द्र कुसवाहा लाई प्रश्न गर्दै भन्नु भयो कहाँ कहाँ कस्तो विकास गर्नु भयो,शिक्षामा सुधारमा कहाँ के गरे ?  जनताको पक्षमा केही काम नगरेका कारण उनलाइ उनकै पार्टिले समेत पत्याएन उहाले भन्नु भयो ।

जसपाका उम्मेदवार उपेन्द्र यादवले आफनै जिल्लामा केही नगरेका कारण उनलाइ जनताले हराइदिए साहले भन्नू भयो ।जनताबाट अस्वीकृत भएका उपेन्द्र यादवलाई बारा २ का जनताहरुले पनि  हराएर पठाइदिने उहाँको भनाइ थियो । साहले महिला अधिकारका लागि लडने पार्टी एमाले भएकोले सबैजना संगठित भएर लाग्न महिलाहरुलाई आग्रह गर्नु भयो ।

एमाले निकट अनेमसघ करैयामाइ गाउँ पालिका वडा नम्बर ७ को महिला भेला उत्साहपुर्बक रुपमा सम्पन्न, भएको छ ।  भुतन्त्री चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य सरस्वती चौधरी ,पार्टी नेताहरु पलट चौधरी,देवनारायण चौधरी,मनोज पौडेल,धनिराम चैधरीलगायतका नेताहरुले  उम्मेदवार पुरुषोत्तम पौडेललाइ जिताउन आग्रह गर्नु भएको थियो ।