विराटचोक,८ बैशाख । नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ  मोरंङको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार विराटचोकमा भएको अधिवेशनले रंजन शर्मा चम्लागाईको अध्यक्षतामा ५३  सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

त्यस्तै कमिटीको उपाध्यक्षहरुमा सम्झना खतिवडा ,चन्द्रप्रसाद अधिकारी,सचिवमा खेमराज नेपाल उपसचिवहरुमा गिता ओझा घिमिरे,मोहन पोखरेल,मनोज अधिकारी कोषाध्यक्षमा नारायण लिङ्थेप,सह कोषाध्यक्षमा नमनारायण चौधरी  लगायत सदस्यहरु रहेका छन् ।

जिल्ला कमिटीका निवर्तमान अध्यक्ष डिल्लीप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा महासंघका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद  एलपी साँवा लिम्बुको प्रमुख आतिथ्यता र कोशी प्रदेश कमिटीका अध्यक्ष गणेश बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।