काठमाडौं,८ बैशाख  । नेकपा एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी परित्याग गर्नुभएको छ । नेकपा एमाले विभाजन हुँदा ज्ञवाली एकीकृत समाजवादीतिर लाग्नुभएका ज्ञवाली सो पार्टीका काम नभएको भन्दै परित्याग गर्नुभएको हो ।

ज्ञवालीले पार्टी बिभाजनको पुष्टि नभएको र जनताले माधव नेपाल नेतृत्वको पार्टीलाई अस्वीकार गरी सजाय दिएकोले सो पार्टी छाडेको बताउनु भएको छ ।

आज ज्ञवालीले विभाजनको औचित्य पुष्टि भएन भन्दै ज्ञवालीले पार्टी परित्याग गर्नुभएको छ । ‘विभाजनले दलाल पूँजीवाद र बिचौलियालाई मात्रै खुसी बनाउने भयो । त्यसैले मैले उक्त पार्टी परित्याग गर्ने निर्णय गरेको हुँ’, ज्ञवालीले भन्नुभयो ।

ज्ञवाली एमालेको स्थापनाकालदेखि सक्रिय नेता हुनुहुन्छ । ‘कोके, माले एमाले हुँदै मैले तीस दशक राजनीतिमा बिताएको छु, तर एकीकृत समाजवादीमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने देखिनँ’, ज्ञवालीले भन्नुभयो ।

ज्ञवालीलाई एकीकृत समाजवादीले केन्द्रीय लेखा परिक्षण आयोग सदस्यको जिम्मेवारी दिएको थियो ।