काठमाडौं, ५ जेठ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले सतही भनेको छ । उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पत्रकारहरुसँग कुरा गर्दै यसले अहिलेको संकटग्रस्त अर्थतन्त्रलाई सम्बोधन गर्न नसक्ने बताउनुभयो ।

‘नीति तथा कार्यक्रम अमूर्त र सतही छ। ठोस कार्यक्रमहरु आएका छैनन्, पुरानै कार्यक्रम दोहोरिएका छन्’, उहाँले भन्नुभयो,‘अब पनि हामीले अमूर्त कुरा गरेर हुँदैन। अहिलेको संकटलाई सम्बोधन गर्ने गरी कार्यक्रम आएन ।’ परियारले नीति तथा कार्यक्रमको विस्तृत अध्ययन गरेपछि पार्टीले औपचारिक धारणा दिने पनि बताउनुभएको छ ।