विराटनगर, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार ढलेको छ । आज प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले एक मतले बहुमत सिद्ध गर्न असफल हुनुभएको हो ।

मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ४६ मत परेको छ भने बिपक्षमा ४३ मत परेको छ । आजको मतदानमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित भएका छन । यस्तै मतदानमा सभामुखले भने मतदानमा सहभागी हुनुभएन । कुल ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कार्कीको पक्षमा ४६ मत मात्र परेको हो । बिपक्षीले पनि मतदानमा बहुमत देखाउन सकेनन ।

आजको एक मात्र मत रहेको मतदानमा जसपा अनुपस्थित रह्यो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मागेको विश्वासको मतमाथि विभाजन सुरू भएको छ । प्रतिपक्षी गठबन्धनमा रहेका प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी विश्वासको मतको विपक्षमा देखिएका छन ।

मुख्यमन्त्रीलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ रहेको छ । कोशी प्रदेशसभामा सत्तारुढ एमालेका ४० र राप्रपाका ६ जना सांसद छन् । प्रतिपक्षी कांग्रेसका २९, माओवादीका (सभामुख) बाहेक १२, समाजवादीका ४ र जसपाका १ सांसद छन ।

सभामुखबाहेक दुवैतर्फ सांसद संख्या ४६–४६ रहेको मा जसपा तटस्थ बस्दा विपक्षीसँग ४५ मात्रै सांसद पुग्छ । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । तर बिपक्षी गठबन्धनले ४३ मत मात्रै पाएको छ । जसपा र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपरेको हो ।