ऋषिकेश रेग्मी
हाम्रो साबिकको पार्टी एमालेको गएको जिल्ला सम्मेलनमा हामी केपि पक्ष भनिएकाहरु हारिएको साचो हो तर मत का हिसाबले ४५ प्रतिसत भन्दा बढि औसत मत आएको थियो तर पाटी एकताको नामलाई कमिटी एकता जस्तो गरेपछि हिजो हामी हारिएका र हराइएकाहरुको पाटी एकतामा अपनत्व हुने कुरै भएन ।
तथापी पनि बामपंथीहरु बिच एकता हुने कुराले हामी पाटी सस्थापन भनिनेहरु खुशी नहुने कुरै भएन महानगरको चुनाबको कालो धब्बा बिच आलो घाउ नसेलाउदै तालमेल भए पछि मुख्य पात्रका हिसाबले देबि कमरेडको मुख हेरियो उहाले बिगतको कालो इतिहासलाई भुलौ र सुन्दर भबिस्यका लागि अगाडि बडौ भनिसके पछि मन अमिलो बनाउदै क्षेत्र न. ३ मा प्रचण्ड जिताउ नागरिक अभियानमा कुदिएकै हो ।
चुनाब पनि जितियो त्यो बेला २ चोटि केपि कमरेड सम्बोधन गर्न आउनु पर्ने बाध्यता आइ पर्यो जब दोस्रो चोटि माडीलाई मणि बनाउने उद्घोष गरि सकेपछी चितवनभरी बाम गठबन्धनका पक्षमा एकाएक माहौल आएको कुरा कस्ले पो नकार्न सक्ला र तर चुनाब सकियो चितवन जिल्ला लाल किल्लामा परिणत भयो।
बिस्तारै पाटी एकताको प्रोसेस अगाडि बढ्यो केन्द्रमा एकता पनि भयो र बिस्तारै जिल्लामापनि एकता शुरु हुँदै गयो जिल्लामा एकता प्रोसेस अगाडि बढ्ने क्रममा धेरै बैठक र छलफलहरु भए होला तर चितवन जिल्लामा एमाले निर्माण गरेका काशिनाथ अधिकारी, सीता पौडेल ,देबि ज्ञावाली, जे एन थपलिया, बिजय सुवेदी, दावा लामा ,कमरेडहरु लगाएतका सिनियर नेता अनि दोस्रो तहका पार्बती रावल, कृष्ण भुर्तेल, रामप्रसाद न्यौपाने ,कमल पाठक ,गोबिन्द कंडेल ,हरि पौडेल, प्रभा बराल ,यादब पाठक ,भक्ती गौतम ,श्याम बिष्ट , सरस्वती बिष्ट , शिव सापकोटा, शंकर थपलिया, लगायतका नेताहरु संग औपचारिक छलफल त के अनौपचारिक छलफल सम्मपनि नगरी पाटी केन्द्रले तोकेको मापदण्ड ६०-४० लाई नाघेर ४९ -५१ को हिसाबले कमिटी मर्ज गरियो ।
तर केपि र प्रचण्ड कमरेडको नेतृत्वमा पाटी एकता भैसकेपछि बिष पिएर पनि पचाउन बाध्य भएको कुरा साचो हो। एकतामा हौसिएका कमरेडहरु अपमान सहेर पनि पाटी काममा निरन्तर लागिरहेको कुरा घाम जस्तै छर्लङ्ग छ फेरि कार्यबिभाजनको बेलामा केपि टिम भनेर चिनिएका ६ -७ कार्यकाल जिल्ला कमिटीमा बसेकाहरु लाई बाइपास गरेर १-२ कार्यकाल पूरा गरेकाहरुलाई माधब गुटका नाममा सचिबालय सदस्य बनाउने महत्व पुर्ण जिम्मावारी दिने काम हुदा सम्म पार्टीको हितकालागि चुप बसेको साचो हो ।
तर ,आजकाल आएर पाटीले गर्ने हरेक कार्यक्रममा पदिय हिसाबले सिनियर मानिएका नेताहरुलाई कुनै पनि कार्यक्रममा सल्लाहा त परै जाहोस खबर समेत नगरी केपि पक्ष भन्नेहरु जिल्लामा छदै छैनन्न भन्ने भ्रम तत्कालीन माओबादी बृतमा छरेर नेताहरुको अपमान गर्न ब्यस्त हुनेहरुलाई कास्टिङ्ग त i am with kp oli भन्ने चौबिस कोठीको कार्यक्रमबाट दिएकै हो ।
हुदा हुदा आँखा चिम्लिएकाहरु लाई आँखा देखाउने बेला बेलामा नेताहरुबाट पहल नभएको त होइन तर अहिले अति गर्नु अतिशार नगर्नु भने जस्तो पाटीकै ब्यानरमा गुट भेला गर्ने कमिटीको प्रोग्राम भन्ने पाटी केन्द्रिय सदस्य देखि प्रदेश कमिटीका सदस्य सम्मलाई खबर नगर्ने र केपि ओलिका विरुद्ध बिष बमन गर्नका निम्ति तल तल इकाइसम्म पाटी अध्यक्ष तथा प्रधानमन्त्रीलाई माधब गुटका नाममा गाली गलोजमा उत्रिन थाले पछि हिजो राप्तीमा पाटीको ब्यानरमा गुट भेला नगर्नोस भनी पाटी एकता जिन्दावाद भनी नारा लगाउदा मुतको न्यानोमा रमाएकाहरुको अब त होस खुल्छ कि केन्द्र मा गुटबन्दी भयो भनी हल्ला गर्ने जमातले तल पाटीमा गुटगत राजनिती छोड्छन हेर्न बाकी नै छ ।
अर्को कुरा पुर्ब माओबादीका साथीहरुले मदन भण्डारी फाउन्डेसनको बारेमा बोल्ने अधिकारसम्म राख्देनन उनी हरुले खोलेका विभिन्न कालखण्डमा सहिद भएकाहरुका नाममा खोलिएको प्रतिस्ठानको बिषयमा हामिले प्रश्न गर्न पाइन्छ र ? त्यसैले एमाले भित्र खुलेयाम हुने गुटबन्दीमा पुर्ब माओबादीहरु सक्नु हुन्छ चुप बस्दा राम्रो सक्नु हुन्न सत्यता को जगमा उभिनु राम्रो।




















