समसामयिक विषयमा सामाजिक सञ्जाल मार्फत आफ्नो विचार अभिव्यक्त गर्दै आएका नेकपा (एमाले) का युवा नेता दामोदर अर्यालले प्रधानमन्त्री केपी ओलीले गर्नु पर्ने कुराहरु नगरी अन्यत्र काम गरेको ब्यक्त गरेका छन ।
(१) प्रधानमन्त्री हुने बित्तिकै देशको वास्तविक अर्थिक अवस्था खुलस्त जनता समक्ष राख्दै हामी ठुला र मेघा प्रोजेक्टहरु संचालन गर्न सक्दैनौ, स-साना अत्यावश्यक कामहरुबाट मुलुकको आर्थिक अबस्थामा परिवर्तन ल्याउन कोसिस गर्छौ भन्नू पर्दथ्यो । र तदनुकुलकै योजना अगाडि बढाउनु पर्दथ्यो । तर उनले रेल,पानी जहाँज र घरघरमा ग्यासको पाइपलाईन जस्ता उडन्ते गफ गर्न थाले । फलस्वरुप जनतामा उनी प्रतिको बिश्वासमा कमि हुन थाल्यो ।
(२) भ्रष्टाचारमा शुन्य शहनशिलताको नीति अख्तियार गर्नुपर्दथ्यो । तर उनले आफ्नाले गरेको भ्रष्टाचारमा सात खुन माफको नीति अबलम्बन गरे । जस्ले गर्दा बिगतमा भएका अनियमितताको समेत छानबिनगर्ने नैतिक अधिकार उनमा रहेन । फलस्वरूप मन्त्री सचिवहरु समेत लखनौ लूटमा उत्रिए ।
(३) साना आयोजना तर समयमै सम्पन्न गर्ने नीति लागू गर्नु पर्दथ्यो । यस्तो नहुदा, भिमकाय आयोजनाको घोषणा हुनु,DPR तयार नभै शिलान्यास गर्नु, आयोजनाका लागि प्रयाप्त साधनस्रोतको समस्या हुनु जस्ता अप्ठ्याराहरु देखा परे ।
(४) माओबादीहरुसङ्ग पार्टी एकता होइन,कार्यगत एकता गर्नु पर्दथ्यो । पार्टी एकता कम्युनिस्ट आन्दोलनलाई एकिकृतगर्ने महान उद्वेश्यका साथ गरिएन, बरु आफ्नो प्रधानमन्त्री पदलाई सुरक्षितगर्ने नियतका साथ सम्पन्न भयो । दुई फरक ऐतिहासिक धार र कार्यशैलीलाई एकीकृत र समाहित गर्ने प्रयत्न गर्नुभएन । फलस्वरूप यो एकता लामो जान सकेन ।
(५) एमालेभित्रको लोकतान्त्रिक पद्धतिलाई जिवित राख्दै बृहत एकता कायम गर्नु पर्दथ्यो । अदालतले एमाले ब्युताईदिएपछी तदनुकुलकै नीति,बिधान र साङ्गठनिक संरचनाहरुलाई स्वीकार गर्दै पार्टी संचालन गर्नुपर्द्थ्यो ।
(६) उनको बिगतको त्याग र उमेरको कारणले पनि मुलुकको साझा नेतृत्व बन्न कोसिस गर्नुपर्द्थ्यो ।कम्युनिस्ट आन्दोलन र पार्टीभित्रकै नियमित हुने स-साना अंतर्विरोधहरु बाट आफुलाई अलग राख्दै न्यायाधीशको भुमिकामा आफुलाई प्रस्तुत गर्नुपर्द्थ्यो । तर उनी विवादहरुमा आफै सामेल हुँदै गए । अभिव्यक्तिहरु अल्लारे प्रवृत्तिको देखियो । बिगतको पक्षधरता अनुसार व्यवहार गर्न थाले । मान्छेलाई पद बाडेर र हसाएर लोकप्रिय भइन्छ भन्ने भ्रममा बाचे । बिरोधि र आलोचकहरुलाई तह लगाउन साईबर स्यालहरुको जमात निर्माण गरे ।
मुख्य कुरा उनले आफ्नो हैसियत र उमेर बिर्सिए । संसदिय चलखेल,दाउपेच,कानुनी छिद्रहरुको प्रयोग र अति सत्तामोहले सर्वमान्य भइदैन भन्ने तथ्यलाई बुझ्नै सकेनन् । त्यसैले मुलुक एउटा राजनेता पाउनबाट बन्चित भयो । त्यतिमात्र होइन,इतिहासले निर्माण गरेको एउटा पात्रको दुखान्त अन्त्यको यो घडिमा चित्त दुखाउनेहरु किनारामा बसेर हेर्न बाध्य भए ।
दामोदर अर्याल
नेकपा एमाले केन्द्रिय युवा तथा खेलकुद विभागका सचिव हुनुहुन्छ।




















