पछिल्लो केहि दिनमा तिन प्रदेशमा एमाले नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति कार्यक्रमलाइ एमालेले एक ढिक्का भएर समर्थन गरेको समाचारलाइ बढो महत्व दिइएको र केहिले “ कसरि प्रदेशहरुमा विपक्षि गठबन्धनबाट अलग भयो नेपाल समुह” समेत लेखिएको पढन पाइयो । यस्ता समाचार र टिप्पणीहरु आफैंमा हल्का हुन तर पनि भूमिका नाबांधी यति जरुर भनौं कि अहिले पनि माधव नेपाल एमालेको वरिष्ठ नेता हुनुहुन्छ ।
वहाँको सहकर्मी झलनाथ खनाल सहित सम्पूर्ण पङ्क्ति एमाले हुनुमा गर्व गर्नु हुन्छ , त्यसैले समग्रमा एमालेको हित हुने काम गर्नु वहाँहरुको धर्म हो र त्यो धर्म वहाँहरु केन्द्र देखि प्रदेशसम्म सहि ढंगले निर्वाह गर्दै हुनुहुन्छ । हो , केन्द्रमा पार्टी अध्यक्ष समेत रहनु भएका केपी ओलीको अलोकतान्त्रिक , असंवैधानिक कदमको विरुद्ध उभिएर लोकतन्त्र , संवैधानिक सर्वोच्चता सहितको कानुनि राज्य जोगाउनु पर्ने दाइत्व निर्वाह गर्नु पर्ने एमालेको प्रमुख कार्यभार निर्वाह गर्दै हुनुहुन्छ भने प्रदेश देखि स्थानीय तहसम्ममा पार्टीको सरकारलाइ जनपक्षिय काम गर्न वाध्य पार्ने र जनपक्षिय काम गरुन्जेल सरकारलाइ स्थाइत्व दिनु पर्ने महत्वपूर्ण काम गर्दै हुनुहुन्छ ।
त्यती मात्रै नभएर कर्णाली र सुदुरपश्चिम प्रदेशमा त वहाँहरुले विगत निर्वाचनमा एमाले माओवादीको मोर्चाले निर्वाचनको सामना गरकोले त्यो जनमत अनुसार बनेको सरकारलाइ विचमै फ्याल्नु गलत हुन्छ भनेर माओवादीको नेतृत्वको सरकारलाइ समेत स्थाइत्व दिन भूमिका खेलेर असली एमालेहरु आफ्नो हित हेरेर समग्र जनताको मन दुखाउँदैनन भन्ने संदेश पनि दिनु भयो । त्यसैले सवैले बुझ्नु पर्छ कि माधव नेपाल र वहाँ सहितको असली एमालेहरु स्वाभाविक रुपमा पार्टीमा विधि पद्दतिको पक्षमा लडिरहनु भएको छ , देशमा लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार बनेको लोकतान्त्रिक संविधानको हत्या हुन नपाओस भनेर लडीरहेको छ तर यो सवै एमालेको पनि हितलाइ ध्यानमा राखेर गरिरहेको छ ।
त्यसैले पार्टीलाइ सहि बाटोमा लान आफ्नै अध्यक्षको गलत कामको विरुद्ध लागिरहेका असली एमालेहरुले केन्द्रमा एउटा निश्चित लक्ष्यले बनेको गठबन्धनमा सामेल अन्य दलहरुले प्रदेश देखि स्थानीय तहमा पनि एमालेको नेतृत्व विरुद्ध गतिविधि गर्दा त्यसका साथ दिन्छन कि भनेर कसैले नसोचे हुन्छ । लोकतन्त्र , संविधान माथि आक्रमण हुँदा आफ्नै संग लडन तयार एमाले समग्रमा अन्य सवै लडाई मिलेर लडछ । फेरी एक पटक हेक्का होस, माधव नेपाल समग्र लोकतान्त्रिक आन्दोलनको नेता हुनुहुन्छ र संगसंगै जव पार्टीगत आवद्धताको कुरा आउँछ वहाँ एमालेको वरिष्ठ नेता हुनुहुन्छ , त्यसैले वहाँले एमालेको हित छोडेर अर्कों पार्टीको सपना पुरा गर्न कुनै भूमिका खेल्नु हुन्न । प्रदेशहरुमा देखिएको एमाले एकताले फेरी एक पटक प्रष्ट पारेको छ कि एमालेमा माधव नेपाल एकताको संवाहक हुनुहुन्छ , एमाले विभाजन हैन यसलाइ सवल, सुदृढ र अनुशासित बनाउन नै वहाँको भूमिका हुनेछ ।




















