काठमाण्डौं,२३ साउन । नेकपा एमाले माधब निकटका युवा नेता राम प्रसाद रिजालले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि माधब नेपालको एक्लैको प्रयासले मात्र सम्भव नहुने बताएका छन् ।

अनलाइन सगरमाथा संग कुरा गदै उनले सो कुरा बताएका हुन् । नेता रिजालले अध्यक्ष केपी शर्मा ओलीको अहंकारले पार्टीभित्र समस्या पैदा गरेको बताए । ओलीले अहंकारको राजनीति नछाडे सम्म पाटी एकता नहुने रिजालको भनाई छ । उनले निष्ठाको राजनीति गर्ने माधब नेपाल बिनाको एमाले नुन बिनाको तरकारी जस्तो हुने तर्क पेस गरे ।

माधब नेपालले पार्टीभित्र देखिएको समस्या समाधान गर्न चाहेको तर ओलीको अहंकार प्रवृत्तिहरूले समस्या जटिल बनेको रिजालले बताए ।

नेता रिजालले पार्टीलाई नयाँ जीवन दिन माधब नेपाल संग दुरदर्शिता रहेको समेत बताए । उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि माधब नेपाललाई सबै नेता कार्यकर्ताहरुले साथ र सहयोग गर्नु पर्ने बताए । कसैले माधब नेपाललाई एक्ल्याएर पाटी एकता गर्न खोजेको छ भने त्यो दिवासपना मात्र हुने रिजालको भनाई छ ।