काठमाडौं,१ असार । नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मन्त्रीबाट निकालेका अधिकांश नेताहरु यतिबेला बरिष्ठ नेता माधव नेपालको निवास धाउन थालेका छन् ।
उनीहरु पार्टी मिलाउनु पर्यो भन्दै नेपाल निवास जान थालेका हुन् । ओली क्याबिनेटमा बसेर काम गरेकाहरु ओलीको कार्यशैलीबाट उभो नलागिने निष्कर्षसहित नेपाल निवास पुगेर पार्टीको मुल नेतृत्व गरिदिन आग्रह गर्न थालेका हुन् ।
उनीहरुले नेपाललाई भेटेर ओलीको कार्यशैलीले देशलाई डुबाउने बताउन थालेका छन् । मन्त्रिपरिषदमै पनि आफुहरु ओलीका कारण आजित भएको गुनासो बरिष्ठ नेता नेपालसामु पोखिरहेका छन् ।
सिंहदरबार बाट
https://www.singhadarbar.com/post/14800/?




















