✍️ देउजा राधाकृष्ण 

अमेरिकी पुर्व राष्ट्रपति जर्ज एच डब्लु बुस कि कर्मचारी प्रमुख जीन बेकरले भुतपुर्व राष्ट्रपति बुसले राष्ट्रपतिको रुपमा एक कार्यकाल सकेर दोश्रो पटक राष्ट्रपति हुने कोशिस गर्दा असफल ( निर्वाचनमा पराजय ) भएर भुतपुर्व राष्ट्रपति भएदेखि उनको मृत्यु हुँदा सम्म उनि सँग उनको कर्मचारीको रुपमा विताएको समयमा सँगालेको अनुमान सँगालेर लेखेको “मैले चिनेको मान्छे ) भन्ने पुस्तक मेरो फुर्सदको साथी भएको छ ।

एकै दिनमा पढेर सक्नु पर्ने खालका सन्दर्भ सामाग्री छन तर आफ्नै कारणले सक्नु पर्ने जति छिटो पढन सकेको छैन तर निरन्तर पढन छोडेको छैन । त्यस ज्ञानवर्धक पुस्तक पढदै गर्दा त्यहाँ उल्लेखित एक ठाउँमा पुग्दा चाहिं मातृभुमि नेपालको सम्झना आयो । सोचें की केवल सोच बदलेर संस्कार अङ्गीकार गर्दा मात्रै धेरै सकारात्मक परिवर्तन गर्न सक्ने यस्तो सोचको अनुशरण हुने दिन मातृभुमि नेपालमा कहिले र कसरि सुरु हुन वा गर्न सकिएला ! मेरो मनमा त्यस्तो भावना पैदा गर्ने त्यो प्रसँग चाहिं जर्ज बुसले राष्ट्रपतिको एक कार्यकाल सकेर अर्को कार्यकालको निम्ती पनि निर्वाचित हुने कोशिस गर्दा तत्कालिन अवस्थामा उनि भन्दा धेरै कम चिनिएका , कम अनुभवी भएको हुनाले कम्जोर मानिएका बिल क्लिन्टन सँग पराजित भएको केहि समय पछि उनले आफ्नो बाँकी जीवनमा के गर्ने अनि के नगर्ने भन्ने बारेमा क्रमश खुलाएर तयार पारेको सुची सँग सम्वन्धित छ ।

उनले बनाएको के के गर्ने भन्ने सुची त मुख्यत; श्रीमतीको एक मायालु श्रीमान , घरको जिम्मेवार मुली मान्छेले गर्ने कुराहरुमा केन्द्रित देखिए जुन समेत आफैंमा प्रशँसा योग्य छन , एक राम्रो परिवारको परिकल्पना गर्नेले सिक्नु पर्ने कुरा छन । तर महत्वपूर्ण र स्मरणीय चाहिं उनले बनाएको के के नगर्ने भन्ने सुची छ जसमा उनले सुरुमै लेखेका छन अर्थात आफुलाइ पराजित गरेर राष्ट्रपति हुन सफल बिल क्लिन्टनलाइ काम गर्न अवरोध नगर्ने । उनले आफुले गर्दिन भनेर लेखेको त्यो काम कहिले गर्दा पनि गरेनन भन्ने त इतिहासमा प्रष्ट छ । आफु भन्दा पछाडी आउने राष्ट्रपतिलाइ यसो त्यसो नभन्ने बरु सकेको सहयोग गर्ने उनको त्यही बडप्पनले नै हुनुपर्छ कि उनलाइ पराजित गर्ने विल क्लिन्टनले उनलाइ सदैव सम्मान गरे जुन अहिले सम्म पनि गर्छन ।

इतिहासको कुनै काल खण्डमा त बुश र क्लिन्टनले हैटीका भुकम्प पिडितहरुको लागि मिलेर सहयोग पनि उठाएको हुन । जव त्यो पढेँ एक मनले त राष्ट्रपति बुसले पुरा गरेको त्यो प्रतिवद्धता र त्यसको सकारात्मक असरको लागि मन मनै पुर्व राष्ट्रपति बुस प्रति सम्मान व्यक्त गरें अनि अर्को मनमा चाहिं यस्तै सकारात्मक सोच नेपालमा पनि भैदिए कति राम्रो भन्ने सोचें । अनि आफैंले आफैंलाइ सम्झाएँ कि यस्तो सकारात्मक सोच राख्न त सकिएला नै तर त्यसको अभ्यास गर्न सक्नको लागि चाहिं धेरै कुरा मिल्नु पर्छ ।

सवै भन्दा पहिला त राजनीतिमा लाग्ने जोसुकै हुन उनीहरु देश जनताको भलो कै लागि लागेको हुन भन्ने कुरा जनतामा प्रमाणित भएको हुनु पर्यो । त्यसो भयो भने निर्वाचन लडदा अगाडी सारिएका कार्यक्रमहरु मार्फत जनताको मन जित्नेले चुनाव जितेर राष्ट्रपति प्रधानमन्त्री के हुने हो हुने तर हार्नेको पनि एजेण्डा खराव त हैन तर जित्नेको जस्तो सर्वोत्कृष्ट भएन भन्ने मात्रै हुने हो । तर हाम्रो मातृभुमि नेपालमा अहिले नै त्यस्तो अवस्था छैन , छलछामको विगीविगी भएको राजनीतिक परिवेशमा अमेरिकाको जस्तो भएकालाइ गएकाले कुनै अवरोध नगर्ने , विरोध नगर्ने भन्ने कुरा कमसेकम अहिलेलाई सम्भव देखिन्न ।

तर सवैको कोशिसले एक दिन त सुनौलो विहानी आउला जव आफुलाइ हैन देश र जनतालाइ प्रथामिकतामा राखेर राजनीति गर्नेहरुको विचमा नै प्रतिस्पर्धा हुने , राम्रै राम्रोको विचमा प्रतिस्पर्धा भएर कम राम्रोलाइ धेरै राम्रोले जित्ने अवस्था बन्ला । अनि त्यस्तो सुनौलो विहानी आए पछि त नेपालमा पनि बुसले जस्तै गरेर भूतपूर्व प्रधानमन्त्रीले वहालवाल प्रधानमन्त्रीको बाटोमा कहिले अवरोध गर्दिन भनेर ढुक्कै प्रतिज्ञा गर्न सक्लान नि । तर थाहाछैन त्यो सुनौलो विहानी कहिले आउला तर हाललाइ भने नेपालमा वर्तमान प्रधानमन्त्रीको निरन्तरको असंवैधानिक , अलोकतान्त्रिक र अमर्यादित कामहरुले गर्दा देश र जनताको हितको लागि भूतपूर्व प्रधानमन्त्रीहरु एकमुख लागेर बोल्नु परेको छ ।