बेलबारी,२४ असार । मोरङको बेलबारीमा नेकपा एमाले माधब नेपाल समूहको नगर कमिटी गठन भएको छ । एमाले बेलबारीका पुराना नेता पिपि थापा मगरको संयोजकत्वमा २ सय ५१ सदस्यीय नगरकमिटी गठन गरेको हो । बिहिबार नगरस्तरीय भएको भेलाले कमिटीको सचिवमा कमल कोइरालाइ चयन गरेको छ ।
कमिटीको इन्चार्जमा राजेस बस्नेत र सहइन्चार्जमा शङ्कर गुरुङ रहेका छन् । कमिटी २२ गते नै गठन गरिएको र केही प्राविधिक समस्याका कारणले आज मात्रै सार्वजनिक गरिएको नवगठित कमिटीका सचिव कोइरालाले बताए । जिल्ला कमिटीको निर्देशन अनुसार गठन गरिएको जनाएको छ ।
नवगठित कमिटीले भने समानान्तर कमिटी नभई कमिटीलाई पुनःर्गठन गरेको सो पक्षले जनाएको छ । लामो समयसम्म कमिटीहरु चलायमान भएका थिएनन् । नवगठित कमिटीका अध्यक्ष पिपि थापा मगरले चाँडैनै पदाधिकारी, कार्यालय र वडा कमिटीहरु बनाउने बताए । केन्द्रमा नेकपा एमालेको विवाद समाधानको नजिक पुगेको भनिए पनि मोरङमा भने केन्द्रलाई नै टक्कर दिनेगरी समानान्तर गतिविधि भइरहेका छन् ।




















