काठमाडौं,२६असार। नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ। शनिवार दिउँसो साढे २ बजे बस्ने तय गरिएको बैठक अपराह्न करिब ५ बजे मात्र सुरु भएको हो। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक जारी छ।
माधवकुमार नेपाल पक्षीय नेताहरू कोटेश्वरबाट फर्किएपछि बैठक सुरु भएको हो। यसअघि नेता नेपालसँग परामर्श गर्न उनी पक्षीय कार्यदलका सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत नेताहरू कोटेश्वर पुगेका थिए।
शनिवार दिउँसो सिंहदरबारमा कार्यदलमा अनौपचारिक छलफल गरेर उनीहरू नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरू भने सिंहदरबारमै बसेका थिए। भेटमा कार्यदलले तयार पारेको मस्यौदाका विषयमा उनीहरूले नेता नेपालसँग परामर्श गरेका थिए।
कार्यदलको मस्यौदामा नेपाल सकारात्मक रहेको कार्यदलका एक सदस्यले बताए। आजै सहमति सार्वजनिक गर्ने तयारी गरेको कार्यदलमा छलफल भने लम्बिने संकेत देखिएको छ।। नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ। शनिवार दिउँसो साढे २ बजे बस्ने तय गरिएको बैठक अपराह्न करिब ५ बजे मात्र सुरु भएको हो। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक जारी छ।
माधवकुमार नेपाल पक्षीय नेताहरू कोटेश्वरबाट फर्किएपछि बैठक सुरु भएको हो। यसअघि नेता नेपालसँग परामर्श गर्न उनी पक्षीय कार्यदलका सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत नेताहरू कोटेश्वर पुगेका थिए।
शनिवार दिउँसो सिंहदरबारमा कार्यदलमा अनौपचारिक छलफल गरेर उनीहरू नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरू भने सिंहदरबारमै बसेका थिए। भेटमा कार्यदलले तयार पारेको मस्यौदाका विषयमा उनीहरूले नेता नेपालसँग परामर्श गरेका थिए।
कार्यदलको मस्यौदामा नेपाल सकारात्मक रहेको कार्यदलका एक सदस्यले बताए। आजै सहमति सार्वजनिक गर्ने तयारी गरेको कार्यदलमा छलफल भने लम्बिने संकेत देखिएको छ।