बिराटचोक,३१ असार । नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य मिनाप्रसाद फुयललाइ मातृ शोक परेको छ । फुयलकी आमा गौरीमाया फुयालको ७६ बर्षको उमेरमा निधन भएको हो ।

लामो समय देखीको ग्यास्त्रीकको समस्यामा रहेकी बुधबार बिराटनगर टंकी सिनवारी बिराट टिचिंग अस्पतालामा उपचारको क्रममा उनको निधन भएको हो । कान्छा छोरा राम फुयल स्पेनबाट आउन समय लागेको हुदा भोलि बिहान बिहान ९ बजे इटहरीको बुढीगंगा घाटमा अन्त्यस्ती गरीने परीवार श्रोतले बताएको छ ।

आमा गौरीमायाप्रती अन्तीम श्रदान्जलीका लागी फुयल निवास सुन्दरहरैचा ९ स्थित बिराटचोकमा बिहानदेखि हुनेछ ।
उनको निधनप्रति नेपालि कांग्रेस मोरङले गहिरो शोक ब्यक्त गरेको छ । उनको अमर आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्नसक्ने शक्ति प्राप्त होस भन्दै विज्ञप्ति जारी गरेको छ ।