पथरी शनिश्चरे २ साउन । मोरङको पथरी शनिश्चरे १ स्थित पथरी बजार हटिया क्षेत्रको दक्षिण पश्चिममा रहेको किरात मार्गमा विछ्याएको पेवलको उद्घाटन् गरिएको छ ।

असोज अन्तिम साता गरिएको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देन, वडा सदस्य सदस्य धनप्रसाद सावा, मनकामना सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष उदयकुमार राई (दिनेश), सहितले उद्घाटन गर्नुभयो ।
किरात मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन जम्नेली राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पेवल विछ्याउने कार्यमा नगरपालिका, मनकामना सामुदायिक वन उपभोक्ता समूह र उपभोक्ताको साझेदारी रहेको कुरा जानकारी गराउँदै खर्च सार्वजनिक गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि बाबुराम याङ्देन सहितले सडक, पैनीमा फोहोर नफाल्न अनुरोध गर्नुभएको छ । दक्षिणको वस्तीमा सिंचाईका लागि पथरी खोलाबाट सोही मार्गको डिलहुँदै पैनी लगिएको छ । किरात मार्गमा १ नम्बर वडाको बजेटबाट ६ लाख, मनकामना सामुदायिक वनबाट २ लाख ५० हजार, उपभोक्ताबाट संकलन भएको ४५ हजार, सोही समितिले अघिल्लो आर्थिक बर्षमा गरेको कामबाट बचत भएको २७ हजार, ३ सय ८४ गरी ८ लाख ८० हजारले योजना सम्पन्न भएको उल्लेख गरिएको छ ।

जसबाट किरात मार्गको १५३ मिटर लम्बाई र १० देखि १२ फिट चौडाइ सडकमा पेबल बिच्छ्याइएको छ । पेबल विछ्याउने, सडकमा परेका चार वटा घरको भित्ता भत्काएर लगाउने र खम्बा सार्ने काममा ३२ हजार ७ सय १० रुपैया खर्च भएको र बचेको ३ हजार ४ सयले भित्ताहरुमा वातावरण सम्बन्धी नारा लेख्ने उल्लेख गरिएको छ ।