काठमाडौं, ४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरङ्कुश प्रवृत्तिको पराजय र नेपाली नागरिकको जित भएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पाएपछि उहाँले नेपाली नागरिक, लोकतन्त्र र संविधानको जित भएको बताएका हुन् । नेता नेपालले भने, ‘संसदको यो निर्णयले पटक–पटक भएको प्रतिनिधि सभा विघटन गलत भएको पुष्टि भएको छ ।
‘यो प्रतिनिधि सभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो, तर त्यो असफल भइ निरङ्कुश प्रवृत्तिमा अङ्कुश लागेको छ ।’




















