काठमाडौं,१९ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार भेट हुने भएको छ। पार्टीमा देखिएको जारी विवा’द मिलाउनका लागि मंगलबार ओली र नेपालबीच भेट हुन लागेको हो।

आइतबार राति संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र उपमहासचिव विष्णु पौडेलसँग ओलीले करिब चार घण्टा छलफल गरेका थिए। वरिष्ठ नेता नेपालसँग उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे लगायतले आइतबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म छलफल गरेका थिए।

आफ्नो–आफ्नो समूहमा छलफल गरेर कार्यदलको तहमा छलफल भएपछि मंगलबार ओली र नेपालबीचको भेटे तय भएको हो। ‘माधव नेपाललाई बालकोटमा निम्ता छ,’ अध्यक्ष ओलीले नेम्वाङ र पौडेललाई खबर पठाएका थिए।

नेता नेम्वाङले रातभरिमा कुनै नाटकीय परिवर्तन भएन भने भोलि अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच भेट हुने बताए। भेटघाटको समय र स्थान उनीहरूको सचिवालयले मिलाउने नेम्वाङले बताएका छन्।

एमालेको शक्तिशाली अध्यक्ष बन्दै भीम रावल !
काठमाडौँ,। नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टीको अध्यक्ष बन्ने संभावना बढ्दै गएको छ । एमाललेमा विवाद बढ्दै गएपछि दोस्रो तहका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राख्न थालेपछि अध्यक्षमा भीम रावलको संभावना बढेको हो ।

माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र आफूबाहेक कसैलाई नेतृत्व दिएर महाधिवेशनमा जाने प्रस्ताव गरेको कारण रावल अध्यक्ष हुने संभावना झनै उच्च रहेको छ । स्रोतका अनुसार भीम रावललाई महाधिवेशन आयोजक कमिटीको प्रमुख बनाएर अगाडी बढ्ने रणनीति बनाइएको बताइएको छ ।

भीम रावल यतिबेला ओली र नेपाल दुवैको प्यारो मान्छेसमेत बनिसकेका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि ओलीप्रति रावल रुष्ट बने पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने समयमा ओली र रावलको सम्बन्ध राम्रो भएको नेताहरु बताउँछन् ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदा एमाले एकतामा समस्या हुने भन्दै उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिएनन् । उनलाई केहीदिन अगाडी अध्यक्ष ओलीले कार्यवाहक अध्यक्ष लिन प्रस्तावसमेत गरेका थिए ।

केपी ओलीले एमालेमा आत्मसमर्पण गर्नुपर्छ : घनश्याम भुसाल
काठमाडौं। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी ओलीले आत्मसमर्पण गर्नुपर्ने बताएका छन्। एमाले नेता भुसालले भने, ‘कमरेड ओली नेतृत्वको संसदीय दलको मर्यादाको उल्लंघन होइन, हामीले त हाम्रो संसद र संविधानलाई असफल पार्ने डिजाइनलाई असफल पार्नका र्न लागि कमरेड ओलीका आदेशको उल्लंघन गर्नुपर्नुर्ने ठाउँमा पुग्यौँ।’

केपी ओलीले गरेको गल्तीका कारण ओलीको आदेश उल्लंघन गर्नुपरेको स्पष्ट पारे। आफूलाई एक घण्टा भए पनि निलम्बन गरी कारवाही गर्नुपर्ने बताए। आफूले संसदीय मर्यादा नाघेका कारण एक दिन वा एक घण्टा भए पनि निलम्बन गर्न माग गरेका हुन्।

भुसालले आफूले बाध्यकारी अवस्थामा संसदीय मर्यादा नाघेको र पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीको विवाद मिलिसकेपछि एक दिन वा एक घण्टा भएपनि आफूलाई निलम्बन गर्न माग गरेका हुन्।

भुसालले आफूमाथि कारवाही हुनुपूर्व पार्टी एक हुनुपर्ने बताएका छन्। केपी ओलीले संसद विघटन गर्नु गल्ती थियो भनेर आत्मालोचना गरेको अवस्थामा पार्टी मिलिसकेपछि संसदीय मर्यादा नाघ्नेमाथि थोरै भए पनि कारवाही हुनुपर्ने उनले बताए। https://lokpati.com// बाट साभार गरिएको हो ।

अध्यादेश ल्याएर माधवकुमारको ऋण चुक्ता गर्दै देउवा !
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको सत्तारोहणमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सार्थक सारथि बन्न सफल भए । आफ्नै पार्टीको सरकार ढालेर विपक्षी कांग्रेसलाई सत्ता सुम्पिनेमात्रै होइन दुई तिहाइ नजिक बहुमत प्राप्त कम्युनिष्ट सरकारले मुलुक हाँक्न नसक्ने सन्देश दिँदै नेता नेपालले देउवालाई सत्तारोहण गराए ।

आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्न नेता नेपालले आफ्नो समूहका नेताहरुलाई प्रयोग गरे । सत्तारोहणसँगै देउवा सरकारलाई बलियो बनाउन पार्टीको निर्देशनविपरीत गत असार २८ संसदमा नेता नेपालले एमालेका २२ जना सांसदलाई विश्वासको मत दिन राजी गराए । एमालेका २२ सहित देउवा सरकारले १६५ मत पाएर शक्तिशाली बन्यो ।

आफ्नो पार्टीको सरकार ढालेको, कांग्रेस नेतृत्वमा सरकार बनाउन हस्ताक्षर दिएको, पार्टीको निर्णयविपरीत देउवा सरकार विश्वासको मत दिएको, आफ्नो पार्टी र नेताहरुको बद्नाम गर्ने कार्य गरेको आरोपमा नेता नेपालसहित २२ जनालाई एमालेले स्पष्टीकरण सोधेको छ । अध्यक्ष ओलीले नेता नेपाललाई ‘गद्दार र अपराधि’ भन्दै एमालेमा कुनै स्थान रहेको बताएका छन् ।

नेताहरुको अभिव्यक्ति र क्रियाकलाप हेर्दा एमालेमा नेता नेपाल फर्कनभन्दा बाहिरिन सजिलो हुने देखिन्छ । तर, कसरी ? हो यहीँनेर आफूलाई सत्तारोहण गराउन लगाएको ऋण प्रधानमन्त्री देउवाले चुक्ता गर्ने तयारी गरेको राजनीतिक वृत्तमा चर्चा छ । एमाले फर्कने वातावरण नपाएको खण्डमा नेता नेपाललाई पार्टी विभाजन गर्न सहज बनाउने गरी कानुन ल्याउन प्रधानमन्त्री तयार रहने बताइन थालेको छ ।

तर, संसदको अधिवेशन चलिरहेकाले सम्भव नहुने भएपछि अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने तयारी भइरहेको राजनीतिक क्षेत्रमा गाइँगुइँ चल्न थालेको छ । भलै यसलाई कसैले पुष्टि भने गरेका छैनन् ।

पार्टी विभाजन गर्न केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य संख्या आफ्नो पक्षमा पार्न सक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदमा एमालेको १२१ सदस्य रहेको छ । तर, नेता नेपाल संसदीय दलमा कमजोर देखिएका छन् । पार्टी फुटाउन संसदीय दलमा ४९ सांसदको समर्थन जुटाउन नेता नेपालले सक्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२, मतदान बहिस्कार गरेका ११ जना र थप तीन जना गरी ३६ जना सांसद नेपाल समूहमा छन् । तर, पार्टी फुटाउन नेता नेपाललाई थप १३ जना सांसद आवश्यक पर्छ ।

यदी संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत पु¥याउन नसकेको अवस्था नेता नेपालले प्रधानमन्त्री देउवासँग सहयोग मागेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन दबाब सृजना गर्न सक्ने नेताहरुले बताएका छन् ।

पूर्ववर्ती सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउँदा कांग्रेससहित दलहरुले विरोध जनाएका थिए । नेता नेपाललाई पार्टी फुटाउन सजिलो बनाउनका लागि प्रधानमन्त्री देउवाले अध्यादेश ल्याउने अड्कल र चलेको गाइँगुइँको सत्यता निकट दिनमै थाहा हुनेछ । एनपर्दा बाट  https://newsparda.com/20210803/16861/