काठमाडौं,१९ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपालको काठमाडौं जिल्ला कमिटी गठन भएको छ ।
गौरिशंकर राणाको अध्यक्षतामा ७६ सदस्यीय काठमाडौं जिल्ला आयोजक कमिटी गठन भएको हो । संघका जिल्ला इन्चार्ज महेश लामाको अध्यक्षमा आज सम्पन्न भेलाले राणालाई संयोजक चयन गरिएको छ ।
\भेलामा युवा संघका महासचिव दिपक जिएम, उपमहासचिव संजिव राई, काठमाडौं जिल्ला सहइन्चार्ज श्यामकुमार वाईवा लगायतको बिशेष सहभागिता रहेको थियो । भेलालाई सम्बोधन गर्दै महासचिव जिएमले युवा संघको संगठन बिस्तार अब वडा–वडा स्तरसम्म गर्नुपर्ने निर्देशन दिएका छन् ।




















