बिराटनगर,२३ साउन । नेकपा एमाले माधव नेपाल निकट युवा संघ नेपालको अरबिन्द कामतको अध्यक्षतामा ५१ सदस्यीय कटहरी गाउँपालिका कमिटि गठन भएको छ ।
सनिबार कटहरीमा भएको युवा संघको भेलाले घोषणा गरेको कमिटीमा उपाध्यक्षमा प्रदीप मरिक त्यसैगरी सचिव लेखनाथ,सहसचिव मुन्ना राजवंशी लगायत सदस्यहरु रहेका छन ।
नेकपा एमाले १ नबर प्रदेश कमिटीका सदस्य मिर्तन्जय झा को प्रमुख आथित्यमा भएको भेलामा युवा संघ नेपालका केन्द्रिय सचिव नरेन्द्र बस्नेत र केन्द्रिय सदस्य बब्लु मिश्रको आतिथ्य रहेको थियो ।
कोरोनाको महामारीमा सामाजिक काममा सक्रिय हुदै आएको युवा संघले मोरङमा आफ्नो संगठन बिस्तारलाइ पनि तिब्रता दिएको छ ।




















