राजविराज,२३ साउन । माधव नेपाल पक्षीय नेकपा एमाले सप्तरीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । राजविराजको नगरसभा हँलमा सनिबार भेला सम्पन्न भएको हो ।
बदलिदो परिस्थितिमा जिल्ला कमिटीमा केही जिम्मेवारीमा नरहेका कमरेडहरुलाई समेत जिल्ला कमिटीमा ल्याउने निर्णय गरेको एमालेसप्तरीका युवानेता निरन्जन झाले जानकारी दिए । हाल १५१ सदस्यीय जिल्ला कमिटी कायम रहेको र प्रत्येक जिल्ला कमिटी सदस्यहरुलाई स्थानीय पालिका एबं निर्वाचन क्षेत्रको ईन्चार्ज र सह ईन्चार्जको जिम्मेवारी तोकेको छ ।

उक्त भेलाले अरुहरुले जिल्लामा केपी ओलि समुहको नाममा संचालन गरिरहेको समानान्तर गतिविधी बन्द गर्न सचेत गराएको छ ।अब उपरान्त गुटगत रुपमा समाजिक संजालमा पार्टीका वरिष्ठ नेता विरुद्ध बोल्ने, लेख्नेलाई अनुशासनको कार्वाही गरिने साथै पार्टी एकताका लागि १० बुँदेलाई थप परिमार्जनगरि अघि बढ्नका लागि पहल गर्न माग गरेको छ।
पार्टी वरिष्ठ नेता कमरेड झलनाथ खनालको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै किशानहरुको लागि सुलभ रुपमा खाद्य मल्ल उपलब्ध गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।संगै कोरोनाबाट ज्यान गुमाउनुहुनेहरु प्रती श्रद्धाञ्जली एबं शोकाकुल परिवारजनहरु प्रति सम्वेदना प्रकट गर्ने निर्णय पनि गरेको छ।

नेकपा एमालेका पार्टी पोलिटब्युरो सदस्य एबं प्रदेश नं.२ को सह- ईन्चार्ज पुर्वमन्त्री नागेन्द्र चौधरीको प्रमुख आथित्यतामा भएको सो कार्यक्रममा पोलिटब्युरो सदस्य एबं जिल्ला ईन्चार्ज पुर्व राष्ट्रिय सभा उपाध्यक्ष रामपृत पासवानको बिशेष आथित्यता रहेको थियो भने भेलामा अन्य अतिथिहरुको समेत उपस्थिती रहेको थियो । जिल्ला कमिटी अध्यक्ष गोविन्द न्यौपानेको अध्यक्षतामा भएको सो भेलालाई स्वागत मन्तब्य जिल्ला उपसचिव प्रतापनारायण चौधरीले गरेको कार्यक्रम संचालन जिल्ला कमिटी सचीव शम्भु यादवले गरेका थिए ।




















