बिराटचोक,१२ भदौ । नेकपा एमालेको तत्कालीन माधव नेपाल समूहले मोरङमा गठन गरेको समानान्तर जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ।
पुराना बामपन्थी नेता चन्द्रविर राईको अध्यक्षतामा नेपाल पक्षले समानान्तर कमिटी गठन गरेको थियो । शनिबार मोरङको सुन्दरहरैचामा बसेको बैठकबाट सर्वसम्मतरुपमा सिंगो कमिटी नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरित हुने निर्णय गरेको प्रवक्ता ओसिम आलमले बताए ।

त्यस्तै, नेकपा एकिकृत समाजवादी मोरङ जिल्ला कमिटीले पदाधिकारीको जिम्मेवारी समेत बाँडफाँड गरेको छ । बैठकले उपाध्यक्ष चण्डीप्रसाद राईलाई स्कुल विभागको जिम्मेवारी दिएको छ । मोर्चा विभागको जिम्मेवारी उपाध्यक्ष उद्धव पोखरेले पाएका छन् । सङ्गठन विभाग प्रमुखको जिम्मेवारी सचिव राजन केसीले पाएका छन् । जिल्ला कमिटीको उपसचिव आलमले प्रवक्ताको जिम्मेवरी पाएका हुन् । अर्का उपसचिव निलम ढुङ्गेलले श्रम तथा रोजगार विभागको जिम्मेवारी पाएकी छन् भने आर्थिक विभागको जिम्मेवारी विश्वनाथ रायले पाएका छन् । अन्य बिभाग चाडै निर्माण गरीने जिल्ला कमिटीले बताएको छ ।

सो बैठकमा कार्यक्रमका प्रमुख अतितिथि नेकपा (एकीकृत समाजवादी) केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का अध्यक्ष घनेन्द्र बस्नेत, केन्द्रिय सदस्यहरु महेश रेग्मी,बिध्या चाम्लिङ्ग,पुर्व सांसद तथा नेकपा (एकीकृत समाजवादी)का सल्हाकार हर्कमान तामाङ्ग,सभासद एवंम प्रदेश कमिटी सदस्य चन्द्रबहादुर गुरुङले सम्बोधन गरेका थिए ।




















