काठमाडौं,१४ भदौ । नवगठित नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनाल आज स्वदेश फर्किदै हुनुहुन्छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल गत गत २ असारमा उपचारका लागि भारतको नयाँदिल्ली जानुभएको थियो ।
उहा करिब दुई महिनाको उपचारपछि आज ३:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको युवा संघ का अध्यक्ष नरेश शाहीले जानकारी दिनु भयो ।




















