अछाम,१४ भदौ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व मन्त्री भीम रावललाई उनकैनगर प्रमुखले समेत साथ छोडेका छन् ।अछाम जिल्ला साफेबगर नगरपालिका नगर प्रमुख कुल बहादुर कुँवर माघव नेपालले नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी( एकिकृत समाजवादी)मा गएका छन् । नगर प्रमुख कुवर आईतवार माघव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको सुदूरपश्चिमका अगुवा कार्यकर्ता भेला सहभागी भएका हुन ।
सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो । एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि उनलाई आफ्नो पकड सुदूरपश्चिम प्रदेशमा ठूलो धक्का लाग्ने देखिएको छ
नवगठित नेकपा एकीकृत समाजवादीतर्फ देखिन थालेका छन् । सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित २५ सदस्य छन् । विगतमा सभामुखबाहेक २४ सांसदमध्ये १७ जना नेपाल पक्ष र सातजना ओली पक्षमा थिए । माधव पक्षमा रहेका १७ जना नै रावलनिकट थिए । ति मध्ये अधिकांश रावलको साथ छोडेर नेपाल पक्षमा खुलेका छन् । इन्फो खबरबाट




















