काठमाडाैं,१४ चैत । पूर्वमन्त्री तथा संघीय सांसद् बृजेश कुमार गुप्ता ७ हजार समर्थक र नेता-कार्यकर्तासहित एमाले प्रवेश गरेका छन । साेमबार कपिलवस्तुकाे तौलिहवामा आयोजित पार्टी प्रवेश तथा बृहत् जनसभामा गुप्ता एमालेमा प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले गुप्ताका ७ हजार समर्थक र नेता-कार्यकर्तासहित पार्टी प्रवेश गराएका छन ।
लुम्बिनी प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तव, कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका-१ का वडाध्यक्ष सुदिप पौडेल, वडा नम्बर- ४ का वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नम्बर- १२ का वडाध्यक्ष ओम प्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपलिका वडा नम्बर-८ का अध्यक्ष साहवुदिन मुसलमान पनि एमाले प्रवेश गरेका छन ।
कपिलवस्तु नगरपालिकाका पूर्व मेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवा नेता कुनालप्रताप साह, राप्रपाका नेता खेमराज शर्मा पनि एमाले प्रवेश गरेका छन । कुनालप्रताप साहको नेतृत्वमा ३ हजार बढी नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र र राप्रपाबाट पनि ठूलाे संख्यामा नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
अहिले सम्म नेपालको कुनै पनी राजनिती पार्टीमा एकैपटक यस्तो हजारौको संख्यामा पार्टी प्रवेश भएको न देखीएको र एमालेमा आजको प्रवेशले रेकर्ड नै ब्रेक गरेको कार्यक्रमका सहभागीहरुले बताए ।
हेर्नुस् तस्विर:
.jpg)


.jpg)

.jpg)



















