विराटचोक,१२ बैशाख । नेकपा एमालेको नेता सुरेन्द्रबहादुर थापाले सुन्दरहरैचामा नेकपा एमालेले गुमेको शाख फिर्ता गर्ने बताउनु भएको छ । सोमबार अनलाइन सगरमाथामा संगको कुराकानीमा नेता थापाले गएको स्थानीय तहको निर्वाचनमा केही प्राबिधिक रुपमा मात्र पराजय भोगेको कुरा बताए ।
नेकपा एमालेको प्रदेश कमिटी सदस्य समेत रहेका थापाले सुन्दरहरैचामा एमालेको बाहुल्यता रहेको ठाउ भएको कारण जीत शुनिश्चित हुने कुरा बताए । सुन्दरहरैचामा मेयरको आकांक्षी समेत रहेका नेता थापाले पार्टीले आफुलाइ उम्मेदवारी न दिएपनी आफु उत्तीकै सक्रिय रुपामा लागेर पार्टीलाई जिताउने कुरामा उत्तिकै उत्साहित रहेको कुरा ब्याक्त गरे ।
पार्टीले भूमिगतकालदेखी नै पार्टीमा योगदान गर्दै आएउनु भएको कमरेडलाई फेरीपनि मेयरको उम्मेदवार बनाएको छ आफु खुशीनै रहेको कुरा ब्याक्त गरे । बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा आफ्नो पार्टीका सम्पूर्ण उम्मेदवारहरुलाई आफु संग भएको सम्पुर्ण साधन स्रोत सहित सक्रिय रुपमा लागेर पार्टीलाई जिताउने कुरामा उत्तिकै लागिपर्ने कुरा ब्यक्त गरे ।
हाम्रो पार्टीमा ब्याक्तीमा होइन निति प्रधान हुन्छ नेता थापाले भने " सुन्दरहरैचामा उम्मेदवार चयनमा पनी कतै असन्तुष्टि नभएको र सवै कुरा मिलेको कारण निर्वाचन जित्ने कुरामा उनले ठोकुवा गरे । ०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले सुन्दरहरैचामा मेयर पदमा झिनो मतले पराजय भोगेको थियो ।



















