लेटाङ,१२ बैशाख । नेपाली कांग्रेसले आफ्नो अबमुल्यन गरेको भन्दै कांग्रेसका नेता ईन्द्र माबोहाङले स्वतन्त्र उम्मेद्बारी दिनुभएको छ । लेटाङ नगरपालिकाको मेयर पदमा आफुले स्वतन्त्र रुपमा उमेद्वारी दिएको माबोहाङले जानकारी दिनुभयो।

जनताको चाहाना आफुले मेयर पद लिनुपर्ने भएपनी पार्टिले त्यसो नगरेको भन्दै स्वतन्त्र उम्मेद्बारी दिएको माबोहाङले बताउनुभयो । उहाँले नगरबासिलाई आफुलाई जिताउन अनुरोध समेत गर्नुभयो ।