विराटचोक,१२ बैशाख । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी सुन्दरहरैंचा–७ का वडा सदस्य भुवनसिंह मगरले वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

वडाध्यक्ष पदका दाबेदार उनले वडाध्यक्षको टिकट नपाएपछि आज दिउँसो स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । उनले वडा बासि संग आफुलाई जिताउन अनुरोध समेत गरेका छन् ।