विराटचोक,१३ बैशाख । नेकपा एमालेले सुन्दरहरैचामा मंगलबार देखी घरदैलो कार्यक्रम सुरु गरेको छ । सोमबार सवै उम्मेदवारहरुको मनोनयन दर्ता गरेपछी आज बाट घर दैलो कार्यक्रम सुरु गरेको हो ।

घरदैलो कार्यक्रमको पहिले दिन सुन्दरहरैचाको वडा ९ बाट मेयरका उम्मेदवार केदारप्रसाद गुरागाई र उपमेयरकी उम्मेदवार अकलीदेवी सहित वडाका उम्मेदवार सहितको शुरु गरेको छ ।

वडा नम्बर ९ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारहरु वडा अध्यक्ष पदमा पुष्पबहादुर भुजेल सदस्यहरु क्येस मिया,राजनारायण खवास महिला सदस्य रुकमणी घिमिरे (रुजा ) दलित महिला सदस्य सारदा बिक रहेका छन् ।

कार्यकर्ताहरु तथा जनताहरुको उत्साह संगै भएको घरदैलो कार्यक्रममा मोरङ क्षेत्र ३ का सांसद भानुभक्त ढकाल,प्रदेश सांसद राजकुमार ओझा, पुराना कम्युनिष्ट नेता बाशु थापा, पार्टी प्रदेश कमिटी सदस्य सुरेन्द्रबहादुर थापालगायत सहभागी रहेका थिए ।

 

1650959295567 1650959295633 1650959295517 1650959295627 1650959295583 1650959295638 1650959295541 1650959295488 1650959295613 1650959295452 1650959295598 1650959295483 1650959295462 1650959295555 1650959295500 1650959295618 1650959295447 1650959295588 1650959295578 1650959295439