विराटचोक,१३ बैशाख । सुन्दरहरैचामा नेकपा एमालेले घर दैलो कार्यक्रमको तालीका सार्वजनिक गरेको छ । मंगलबार निर्वाचन परिचालन समितीको बैठकले सुन्दरहरैचा नगरपालिकाको १२ वटै वडाहरुमा घरदैलो कार्यक्रमको तालीका सार्वजनिकगरेको हो ।

मेयर र उपमेयर सहित वडाको उम्मेदवार सहित बैशाख १४ गते देखी २५ गते सम्म घरदैलो कार्यक्रम हुने निर्वाचन परिचालन समितीका सदस्य डिल्लीप्रसाद ढकालले जानाकारी दिए । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सुन्दरहरैचामा मेयरमा केदारप्रसाद गुरागाई र उपप्रमुखमा अकली चौधरीलाई उम्मेदवार बनाएको छ ।
यस्तो छ तालीका :
१. बैशाख १४ गते बुधबार - वडा नम्बर - ४
२. बैशाख १५ गते बिहिबार - वडा नम्बर- १२
३. बैशाख १६ गते शुक्रबार - वडा नम्बर- ३
४. बैशाख १७ गते शनिबार - वडा नम्बर- ६
५. बैशाख १८ गते आइतबार - वडा नम्बर- १०
७. बैशाख १९ गते सोमबार - वडा नम्बर- १
८. बैशाख २० गते मंगलबार - वडा नम्बर- ५
९. बैशाख २१ गते बुधबार - वडा नम्बर- २
१०. बैशाख २२ गते बिहिबार- वडा नम्बर- ८
१२. बैशाख २३ गते शुक्रबार- वडा नम्बर- ९
१३. बैशाख २४ गते शनिबार - वडा नम्बर- ७
१४. बैशाख २५ गते आइतबार - वडा नम्बर-११



















