विराटचोक,१३ बैशाख । मोरङको सुन्दरहरैचा नगरपालीकामा गठबन्धन गरेर चुनावमा लडेका दलहरुको आलोचना शुरु भएको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले मेयर या उपमेयरमा महिलालाई उम्मेदवार न बनाए पछी आलोचना शुरु भएको हो । कांग्रेशले उपमेयरमा महिलालाई उम्मेदवार नबनाएपछि अघोषित रुपमा तालमेल भएको देखिएको छ ।
अहिले सामाजिक संजालहरुमा पनी सो कुराको आलोचना शुरु हुन थालेको छ । सुन्दरहरैचामा नेपाली कांग्रेश र नेकपा माओवादी केन्द्रले तालमेल गरेर चुनाव लडेका छन । यसैगरी नेकपा एकिकृत समाजवादीले मेयरमा उम्मेद्वारी न दिए पनी उपमेयरमा पुरुषलाईनै उम्मेदवार बनाएको छ ।
तालमेल गरेको दलहरुमा नेपाली कांग्रेसबाट मेयर पदका लागी शिवप्रसाद ढकाल र उपमेयर पदका लागी माओवादी केन्द्रबाट नवराज चापागाईले उम्मेद्वारी दिएका छन् । त्यसैगरी नेकपा एमालेले भने समावेसी ढंगले मेयरमा केदारप्रसाद गुरागाई र उपमेयरमा अकलीदेवी चौधरीलाई उम्मेदवार बनाएको छ । महिलालाई उम्मेदवार न बनाएको कारण गठबन्धनका उम्मेदवारहरुलाई यो बिषयले ठुलै असर पर्ने देखीएको कुरा सुन्दरहरैचामा अडकलवाजी हुन् थालेको छ ।
स्थानीय तह निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुँदा महिलाको अधिकार खोसिएको छ । तालमेलले स्थानीय सरकारको कार्यकारी भूमिकामा महिलाको प्रतिनिधित्व विगत भन्दापनि कमजोर हुने देखिएको हो । स्थानीय तह निर्वाचन ऐनको दफा १७ (४)मा राजनीतिक दलले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिँदा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरेको छ । तर, दुईमध्ये एउटा पदमा मात्रै उम्मेदवारी दिँदा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था छैन ।




















