• मिलन पुरी-नवराज दाहाल

विराटचोक,१४ बैशाख । मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुखको लागि नेकपा एमालेले केदारप्रसाद गुरागाईलाई उम्मेदवार बनाएको छ । बुवा श्रीप्रसाद र आमा सिता गुरागाईको कोखबाट २०२४ सालमा खोटाङ्गको साबिक डाँडा गाउँमा उनको जन्म भएको हो ।

सुन्दरहरैचाको १० नम्बर वडा स्थित खोर्साने घर भएका गुरागाई तत्कालिन समयमा  भूमिगत कालदेखीनै पंचायती शासन बिरुद्द आवाज उठाउदै आएका थिए । शोषित,पिडित अन्याय र अत्याचारमा परेका जनताको जीवन स्तर कसरी उकास्न सकिन्छ भन्ने उदेश्यका साथ् कम्युनिष्ट पार्टीमा आवद्द भएका हुन् ।

स्कुले जीवनदेखि नै विद्यार्थीको हक हितको आवाज उठाउँदै आएका उनी २०३६ सालमा अनेरास्ववियुमा आबद्ध भएका थिए । विद्यार्थी राजनीति हुँदै तत्कालीन नेकपा मालेहुदै हाल एमालेको राजनीतिमा सक्रिय गुरागाई विद्यार्थी कालदेखि नै जुझारु कार्यकर्ताको पहिचान बनाएका थिए । उनि २०३९ सालमा त्यतीखेर माविमा स्ववियु सभापती बनेका थिए । साबिक इन्द्रपुर गाउ पंचायतहुदा जनपक्षीय उम्मेदवार चन्द्रबहादुर गुरुङलाई जिताउन एड्वोकेसीको भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी बिराटनगरको महेन्द्र मोरङक्याम्पस पढ्दा राष्ट्रीय पंचायतको निर्वाचनमा मजदुर नेता जनपक्षीय उम्मेदवार बमबहादुर खड्कालाई बिजय गराउन प्रहरीको गिरफ्तारीलाई कुनै प्रवाह नगरी सक्रियरुपमा लागेका थिए । जीवन र राजनिती यात्रामा धेरै संघर्ष गरेका गुरागाई शाही शासन कालमा आन्दोलन गरिरहँदा पक्राउ परि १९ दिन जेल जीवन पनि बिताएका थिए । गुरागाई पार्टीको गाउ कमिटी हुदै हाल नेकपा एमालेको १ नम्बर प्रदेश कमिटी सदस्य हुन् ।

भिजनरी क्षमताका धनि स्वच्छ छवी भएका गुरागाईलाई सावीक इन्द्रपुर गाविस हुदाखेरी देखिनै कुनै संघ सस्थाहरुको स्थापनामा उनको धेरैजसो भूमिका सर्व विदितै छ । त्यसैले सुन्दरहरैचाको १ दर्जन भन्दा बढी संघसस्थाहरुमा रहेर काम गरेको उनको अनुभव छ । शिक्षा प्रेमी गुरागाई जनाताको छोराछोरीलाई सर्वशुलभ सुल्कमा शिक्षा प्रदान गर्ने उदेश्यले खोलिएको पूर्वकै ठुलो क्याम्पस सुकुना बहुमुखी क्याम्पसका संचालक समितीको सस्थापक सचिव पनि हुन ।

गुरागाई त्यस्तो ब्यक्तीहो जो हिजो कम्युनिष्ट पार्टीको इन्द्रपुर,कोशीहरैचा,सुन्दरहरैचा, मोरङ जिल्ला साथै प्रदेशको समेत नेतृत्व गरी सकेको सचेत कम्युनिष्ट ब्याक्तित्व साथै वर्गीय चिन्तन बुझ्ने बौदिक व्यक्ति हो । त्यसैले आजको आवश्यकता मेयरमा केदारप्रसाद गुरागाईको अपरीहार्य रहेको स्थानीय जनताहरुको भनाई रहेको छ ।

गुरागाईले गत २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा मेयर पदमा झिनो मतन्तारले पराजय भोगेका थिए । यसपालीको स्थानीय तहको निर्वाचनमा मेयर पदका लागी निष्ठावान व्यक्तित्व केदार प्रसाद गुरागाईकाे कुशल नेतृत्व गर्न सुन्दरहरैंचावासीले खाेजिरहेको छ भन्ने चर्चा चलिरहेको छ ।