✍️ मिलन पुरी

विराटचोक,१४ बैशाख । नेकपा एमाले मोरङका नेता भक्तकिरण राईले सुन्दरहरैचामा एमालेको जित सुनिश्चित हुने कुरा बताएका छन् । अनलाइन सगरमाथा सँगको कुराकानीमा नेता राईले चुनाव जित्ने विभिन्न आधारहरु बताएका हुन ।

सुन्दरहरैचा नगरपालीका कार्यपालिका सदस्य समेत रहेका राईले सुन्दरहरैचामा नेकपा एमालेको पाँच हजार पार्टी सदस्य भएको हुदा भएकोले एक पार्टी सदस्यले कम्तिमा पाँच जना मतदाता बनाउदा कम्तिमा पच्चीस हजार मत र सुभेक्षुकहरुको थप मतले एमालेको जित सुनिश्चित रहेको वताएका छन ।

त्यसैगरी पार्टी एकता मजबुत भएको कारण जुन अघिल्लो निर्बाचनमा केही बिबादहरु भएका थिए तर यस पटक पार्टी एकता मजबुत भएको हुदा एमालेले जित्नेकुरा नेता राइले ठोकुवा गरे । त्यसैगरी अघिल्लो निर्बाचनमा उपमेयर सहित सात वटा वडाहरुमा अध्यक्ष सहित र दुई वटा वडामा अध्यक्ष बाहेक सबै सिट जितेको हुदा यसपालिको निर्बाचनमा जाती,भुगोल र लैङ्गगिक हिसाबले उम्मेदवारहरु बनाएको हुदा उचित हिसाबले उम्मेदवार चयन गरेको हुदा पनि चुनाब जित्ने मुख्य आधार रहेको नेता राइले बताए ।

तराइ बासी तथा महिलालाई उम्मेदवार बनाएको हुदा अब नेकपा एमाले लाई मेयर उपमेयर सहित सम्पुर्ण वडाहरुमा एमालेलाई चुनाब जित्न कुनै शक्तिले छेक्न नसक्ने कुरा नेकपा एमाले मोरङ जिल्ला सदस्य समेत रहेका नेता राइले बताए ।