विराटचोक,१४ बैशाख । नेकपा एमालेबाट मोरङको सुन्दरहरैचा को १० नम्बर बाट वडा अध्यक्ष उम्मेदवार राइले भुइँमान्छेले नागरिकको समस्यालाई बुझेर अघि बढ्ने बताएका छन् ।
नागरिकका समस्या समाधान गर्नको लागि आफ्नो उम्मेदवारी भएको र जनताको सेवामा सधै काम गरेर देखाउने राईले प्रतीबद्द्ता ब्याक्त गरे । उनले सबै क्षेत्रको भावनालाई समेट्दै सबैको प्रतिनिधित्व भएको महसुस हुने गरी काम गर्ने प्रतिबद्धता जनाए । भोट माग्न जनताको घर दैलोमा ब्यस्त राइले ‘म एउटा भुइँमान्छे हुँ, भुइँमान्छेको प्रतिनिधित्व गर्ने भएकोले भुइँमान्छेको सहयोग पाउने छु' उनले भने ।
उनले आफ्नो वडामा महिला सशक्तिकरणसँगै महिलालाई सचेतना र शिक्षालाई अघि बढाउने, युवालाई सशक्तिकरण र स्वरोजगारको अवसर सिर्जना गर्न आफूले पहल गर्ने कुरा व्यक्त गरे । सामान्य जीवन शैलीका राई लाई आफ्नो पार्टी मात्र नभई अन्य राजनितीक पार्टी र जनाताहरुको सहानुभूति रहेको पाइएको छ । पार्टीमा र जनप्रतिनिधी हुदा इमान्दार छवी बनाएका राइले अघिल्लो स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचा १० पुरुष सदस्यहरु बाट सबैभन्दा बढी मत पाएर निर्वाचित भएका थिए । एमालेको किल्लाको रुपमा रहेको सुन्दरहरैंचा १० मा गत निर्वाचनमा नेकपा एमालेले शानदार रुपमा जित हाशिल गरेको थियो ।

नेकपा एमालेले सुन्दरहरैंचा १० मा अन्य उम्मेदवारहरुमा खुल्ला सदस्यतर्फ रमेश गौतम र ओमप्रसाद थपलिया, महिला सदस्यतर्फ बविता खापुङ र दलित महिला सदस्यतर्फ गंगामाया बिकलाई उम्मेदवार बनाएको छ । गौतम नेकपा एमालेको युवानेता हुन भने थपलिया एमालेको पुरानो नेता हुन । यस्तै खापुङ पार्टीको मोरङ जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्छ भने बिक अखिल नेपाल महिला संघ नगर कमिटी सदस्य हुन् ।




















