काठमाडाैं,१४ बैशाख । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले एमालेसँग एक्लै लड्ने हिम्मत कांग्रेससँग नरहेकाे बताउनुभएकाे छ । नेकपा एमाले राजपुर गाउँ पार्टी कमिटीले बुधबार आयोजना गरेकाे बृहत कार्यकर्ता भेला तथा चुनावी सभालाई सम्बाेधन गर्दै महासचिव पाेखरेलले एमालेसँग एक्लै लड्ने हिम्मत नभएरै कांग्रेसले गठबन्धन गरेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे -'एमालेसँग एक्लै लड्ने आँट कांग्रेससँग छैन, किनकी देश र जनताकाे पक्षमा कांग्रेसले काम गर्न सक्दैन, विकास र समृद्धिकाे नेतृत्व एमालेले मात्र गर्छ राष्ट्रिय गाै आयाेजना अगाडि बढाउने एमाले, पालिका-पालिकामा अस्पताल बनाउने एमाले, एकैपटक देशभर अस्पतालकाे उद्घाटन गर्ने एमाले, देश बदल्ने काम एमालेले मात्र गर्न सक्छ ।'
सरकारबाट एमाले हटेपछि विकार र समृद्धिकाे अभियान राेकिएकाे भन्दै उहाँले राेकिएका काम पूरा गर्नका लागि पनि एमालेलाई मत दिनुपर्ने बताउनुभयाे ।
एमालेप्रति जनआकर्षण बढ्दाे रुपमा रहेकाे भन्दै उहाँले आगामी तीनै तहकाे चुनाव एमालेले बहुमतसाथ जित्ने बताउनुभयाे । कांग्रेस लगायत पार्टीभित्र पनि अहिले एमाले जन्मिएकाे महासचिव पाेखरेलले बताउनुभयाे । 'अहिले कांग्रेसभित्र पनि एमाले जन्मिएकाे छ,माओवादी जन्मिएकाे छ, राप्रपाभित्र पनि एमाले जन्मिएकाे छ ।'
वामपन्थ,परिवर्तन, लाेकतन्त्र र राष्ट्रिय राजनीतिकाे नेतृत्व एमालेले मात्र गर्ने सक्ने भन्दै उहाँले याे कुरा जनतामाझ पुर्याउनुपर्ने बताउनुभयाे । कांग्रेसले दक्षिणपन्थ र बुर्जुवा शक्तिकाे नेतृत्व गर्ने भन्दै महासचिव पाेखरेलले देउवाकाे नेतृत्वमा समाजवादकाे यात्रा भन्नु जत्तिकाे मजाककाे विषय अरु केही नभएकाे बताउनुभयाे ।
समाजवादकाे यात्रा एमालेमा मात्र तय गर्न सक्ने भन्दै उहाँले देउवाकाे नेतृत्वमा समाजवादकाे यात्रा अगाडि बढ्ने नसक्ने ठाेकुवा गर्नुभयाे ।संसदीय राजनीतिलाई सबैभन्दा विकृत गर्ने पात्रका रुपमा शेरबहादुर देउवा चिनिने उहाँले बताउनुभयाे ।



















