काठमाडाैं,१८ बैशाख । तरुण दलका क्षेत्रीय सभापति निरन खड्का नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेटमा शनिबार आयाेजित कार्यक्रममा उहाँ एमाले प्रवेश गर्नुभएकाे हाे ।

नेपाली कांग्रेसका युवा नेता एवं राष्ट्रिय खेलकुद परिषद् (राखेपका) पूर्व सदस्य समेत रहनुभएका थापालाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभयाे ।

कार्यक्रममा एमाले ललितपुरका अध्यक्ष पुरुषाेतम आचार्य,एमाले प्रचार विभाग उपपप्रमुख विष्णु रिजाल लगायत सहभागी हुनुभएकाे थियाे ।