विराटचोक,२३ भदौ । नेकपा (एकीकृत समाजबादी) का १ नम्बर प्रदेश कमिटीका सदस्य भरत बाबू कार्कीले राजिनामा बुझाएका छन । उनले बिहिबार समाजिक संजाल फेसबुक मार्फत राजिनामा दिएकोकुरा सार्वजनिक गरेका हुन् ।
गत बर्षको मंसिर महिनाबाट नेकपा (एस) बाट प्रदेश कमिटी सदस्यको जिम्मेवारी पाएका नेता कार्कीले पार्टीको साधारण सदस्य समेतबाट आफुलाइ मुक्त गरेको कुरा ब्याक्त गरेका छन् । उनले राजिनामा हठातको निर्णय नभै केही महिनाको स्वमुल्याङ्कन र स्वमन्थनको आधारमा दिएको बताएका छन । पार्टीबाट अलग हुनुको केही कारण सहित २५ वटा बुदागत रुपमा पेस गरेका छन् ।
१. बिभाजनको औचित्यता पुस्ठी हुन नसक्नु।
२,नागरिकता बिधेयक , MCC र SPP जस्ता रास्ट्रिय हित बिपरितका बिधेयक र सन्धी सम्झौताहरु व्यापक जन बिरोध हुदा हुँदै पार्टी समर्थनमा रहनु वा मुकदर्सक हुनु।
३,केन्द्रिय तहका नेताहरुमा मन्त्री पद छोड्नु पर्दाको रुवाबासी र नपाउदाको हुटहुटीले आम जनतामा अत्यन्तै नकारात्मक धारणा रहेको।
४, १ बर्ष सम्म पार्टी , पार्टी बन्न नसकेको । केवल असन्तुष्टहरुको जमात जस्तो रहेको।
५ केन्द्रिय नेताहरु केन्द्र मै सत्ता मोहमा रमाएको जिल्ला प्रदेश मा संगठन निर्माण सुस्त र लगभग शून्य अबस्थामा रहेको।
६, स्थानिय निर्बाचनमा सिट बाडफाडमा काङ्ग्रेस र माओबादीबाट अपमानित हुदा पनि नेतृत्व निरीह बनेको।
७ , माओवादी सङ्ग पार्टी एकता (विलय ?)गर्न पहल सुरु भैसकेको। ( चुनाव अगाडी गर्दा अधिकाङ्स नेता कार्यकर्ता नजाने भएकाले रोकिएको)
८, स्थानिय निर्बाचनमा पार्टीले आर्थिक, भौतिक ब्यबस्थापन गर्न नसकी उमेदवारहरु निरीह बनेको।
९, गठबन्धनबाट पहिलो शक्ति काङ्ग्रेस हुने र पुन छैटौं पल्ट सेर बहादुर नै प्रधानमन्त्री मन्त्री बन्ने सम्भावना रहेको र देशको अझ दुराबस्था हुने सम्भावना ।
१०,माओवादी सङ्ग पार्टी बिलय हुदा पार्टीको र आम कार्यकर्ताको भबिस्य र अस्तित्व समाप्त हुने।
११,कमिटीमा नियुक्तिहरु योग्यता क्षमताका आधारमा नभै सामिप्यता र मोलाहिजाबाट हुने गरेको ।
१२, प्रदेश कमिटीको हालसम्म एउटै मिटिङ नबसेको
१३,गठबन्धनको औचित्यता कुनै विशेष समयका लागि मात्र हुनु पर्नेमा सत्ता प्राप्तिको भर्याङ भनाइएको।
१४, आम जनमानस र सामाजिक सन्जालमा पार्टी प्रती अत्यन्तै नकारात्मक धारणा रहेको। मन्त्रीहरु ब्यक्तिगत स्वार्थमा लिप्त रहेका। आम कार्यकर्ताको काम केही नगरेको। पार्टी सत्तामा रहेको महसुस नभएको।
१५, नेतृत्वको अर्कमण्यताले पलायन र निस्कृयता बढेको।
१६,निर्बाचन पछि ०५६ सालको बामदेब सिपिको मालेको स्थिति हुने प्रबल सम्भावना ।
१७, क्षमताबान नेतागणहरु ( १० भाइ लगायत ) बिभाजनमा न आएकाले पार्टी लङ्गडो जस्तो भएको।
१८, पार्टी बिभाजन ब्यक्तिगत कुन्ठा र महत्वाकांक्षाको उपज देखिएको।
१९, गठबन्धन बाट बन्न सक्ने आगामी सरकारले अझ देश जनता को प्रतिकुल काम गर्न सक्ने सम्भावना रहेको त्यसको भागिदार हुन आफू नसक्ने।
२० , चुनावी गठबन्धनले बाम एकताको सम्भावना टरेको
२१ गठबन्धनमा,काङ्ग्रेसले आउदो निर्बाचनमा भोट लिने तर नदिने स्पष्ट देखिएकोले प्रत्यक्षमा जित्ने सम्भावना न्युन रहेको।
२२, नीति सिद्धान्त हैन रास्ट्रपति , मन्त्री र नियुक्तिहरुमा भागबन्डामा लालायीत देखिएको।
२३, सरकार असङ्लग्न परराष्ट नीति र पन्चसिलको सिद्धान्त बमोजिमको बिदेश निति बाट बिस्तारै बिमुख र्हुदै गरेको।
२४, प्रहरी प्रसासन तथा कर्मचारीतन्त्रमा व्यापक हस्तक्षेप । कर्मचारी हरुको मनोबल गिर्दो।
२५, देश आर्थिक दिबालिया हुने सम्भावना । सरकार सङ्ग आर्थिक सन्कट पार लगाउने स्पष्ट नीति नभएको। ब्यापारी र ठेक्कदारहरुले अर्थ ब्यबस्था चलाउने गरेको। बजेट निर्माणमा समेत ब्यापारीका प्रतिनिधिहरु सङ्लग्न।



















