काठमाडौं,३१ असोज । नेकपा एकीकृत समाजवादी जाजरकोटमा रित्तिएको छ । सो पार्टी निर्माणमा नेतृत्व गर्नुभएकी नेकपा एकीकृत समाजवादीकी नेतृ तथा केन्द्रीय सदस्य रिता रावल नेकपा एमालेमै फर्कनु भएसँगै जाजरकोटमा माधव नेपालको पार्टी रित्तिएको हो ।
रावल आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी नेकपा एमालेमै फर्कनुभएको हो । जाजरकोटमा रावलकै आग्रहमा नेकपा एसमा लाग्ने सवै नेता कार्यकर्ता अव एमालेमै फर्कने भएका छन ।
रावलको प्रवेशसँगै जाजरकोटमा नेकपा एमालेका उम्मेदवार निरज आचार्य प्रतिनिधिसभामा बिजयी हुने बलियो आधार तयार भएको छ ।



















