काठमाडौं,२७ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भनेकै व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकपछि अबको राष्ट्रपति को भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, “ हामीले जो भन्छौँ, त्यही हुन्छ ।”
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ । राष्ट्रपतिबारे सत्ता गठबन्धन दलमा एकमत देखिँदैन । ओलीले सुदूरपश्चिम सरकार जोगाउन नसके पनि केन्द्रीय सरकार जोगाउन सकिएला त भन्ने प्रश्नमा भने, “हेर्दैै जाऔँ ।”




















