काठमाडाैं,२९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
आइतबार झापाको गौरादह-४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएको र त्यही सरकारलाई ढाल्ने अनेक प्रकारका षडयन्त्र भइरहेको बताउनुभयाे ।
देशमा काम गर्न नदिने र अरुलाई पनि गर्न नदिने तत्वहरु सक्रिय रहेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले देशलाई माया गर्ने, देशका समस्या समाधान गर्ने शक्तिहरु पनि रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयाे ।
एमाले सदैव विकासको पक्षमा रहेको र एमाले सरकारकै पालामा विकासका धेरै कामहरु भएको उहाँले बताउनुभयो ।






















