काठमाडौं,४ फागुन  । प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीबीच भेटबार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दुई प्रमुख दल एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालबीच भेटबार्ता भएको हो ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गएपछि दुई नेताबीच छलपल भएको हो । निर्वाचन आयोगले आगामी फागुन २५ गते हुँदैछ भने उम्मेदवारी मनोनयन फागुन १३ गतेका लागि तय भएको छ ।

दुई नेताबीच सोही बिषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने औपचारिक निर्णय माओवादीले गर्न लागेको समाचार बाहिर आइरहेको बेला ओली र प्रचण्डबीच बार्ता भएको हो ।