काठमाडौं,८ फागुन । नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई प्रदान गरेको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताए । राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा आफूहरू कायम रहेको उनको भनाइ छ । ‘यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलार्ई बैठकले दिएको छ,’ उनले भने ।
काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज (सोमबार) सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।
छलफलमा प्रधानमन्त्री दाहाल र नेता नेपालबीच आगामी फागुन २५ मा हुन गइरहेको राष्ट्रपति निर्वाचनका बारेमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री दाहाल राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गरेर साझा उम्मेदवार बनाउने पक्षमा छन् । नेकपा (एमाले) ले भने गत पुष १० मा प्रचण्ड प्रधानमन्त्री बन्दा नै एमालेको भागमा राष्ट्रपतिको सहमति भएको भन्दै सहमतिबाट पछाडि नहट्ने बताउँदै आएको छ ।




















