काठमाडौँ,१२ फागुन  । बालुवाटारमा बसेकाे आठ दलकाे बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ। नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले ८ दलबीच राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएको बताए।   

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो।

शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ।