काठमाडौं,१३ फागुन । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न बैठक सुरु भएको हो ।
पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गरिने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेका छन् । प्रधानमन्त्री प्रचण्ड पुरानै गठबन्धनमा फर्किएपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो । काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरण बदलेसँगै राप्रपाले साे निर्णय लिएकाे हाे ।
आज बसेकाे कार्यसम्पादन समितिकाे वैठकले राप्रपाका मन्त्रीहरू फिर्ता बाेलाउने निर्णय लिएकाे उपाध्यक्ष बुद्धिमान तामाङले बताए ।
प्रदेश सरकारमा पनि समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय राप्रपाले गरेको छ ।




















