- ✍️ भगवती अर्याल
विराटचोक,१४ फागुन । मोरङको सुकुना बहुमुखी क्याम्पसका विधार्थीहरुले सरकारलाई बुझाउन १ रुपयाँ संकलन कार्यक्रम गरेका छन् । अर्थतन्त्रमा आएको समस्या समाधानकालागी नेपाल सरकारको ध्यानाकर्षण एवम् दबाब स्वरुप नेकपा एमाले निकट अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस कमिटीले उक्त कार्यक्रम गरेको हो ।
आइतवार देखि सुरु भएको यो कार्यक्रम दुई दिन सम्म निरन्तर सञ्चालन हुने अनेरास्ववियु क्याम्पस कमिटीका नेता विपिन पौडेलले बताए । संकलित रकम जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत नेपाल सरकारको प्रधानमन्त्री कार्यालय समक्ष बुझाइने अनेरास्ववियु सुकुनाका सचिव रविन भण्डारीले जानकारी दिए ।
जनताको घरमा चुल्हो निभ्नै लाग्दा सरकार सत्ताको खेलमा लागेको भन्दै विधार्थीहरुले आक्रोश पनि पोखेका छन् । कार्यक्रममा स्थानीय अभिवावक, राजनितीक दलका नेता, क्याम्पसका प्राध्यापक, कर्मचारी लगायात विधार्थीहरुले १ रुपयाँ दान गरेको अनेरास्ववियु सुकुनाका नेता नवराज दाहालले बताए । चैत ५ हुने स्ववियु निर्वाचन को मिति नजिकिदै गर्दा को पक्षमा माहौल राम्रो हुदैँ गएको अनेरास्ववियुका नेता एलिश ओझाले बताए ।
सुकुना क्याम्पसमा अनेरास्ववियुलाई बिजयी गराउने अभियाँनमा यतिखेर अनेरास्ववियुका पुर्व केन्द्रिय नेता सन्तोष घिमिरे,अनेरास्ववियु केन्द्रिय निर्वाचन आयोगको सचिव मिलन घिमिरे मनोज कार्की लागायतका विधार्थी नेताहरु सक्रिय रुपमा लागिपरेका छन् ।
सुकुना बहुमुखी क्याम्पसको स्थापना कालदेखि स्वतन्त्र विधार्थी युनियनको निर्वाचनमा हाल सम्म अनेरास्ववियुले जित हासिल गर्दै आएको छ । स्ववियु निर्वाचनको लागि क्याम्पसको निर्वाचन आयोगमा अनेरास्ववियुले आजै औपचारिक रुपमा संगठन दर्ता पनि गरेको छ ।





















