पथरी,१४ फागुन । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले मोरङको पथरी बहुमुखी क्याम्पसमा कमिटी गठन गरेको छ । आइतवार भएको विधार्थीहरुको भेलाले बैभब भन्डारिको अध्यक्षतामा ४९ सदस्यीय कमिटी गठन गरेको हो ।
त्यसैगरी कमिटीको उपाध्यक्षहरुमा दिवस बस्नेत,भुपेन्द्र पण्डित सचिवमा आकाश राई सहसचिवहरुमा सारदा सुवेदी,मुकेश तामाङ्ग र कोषाध्यक्षमा अभिषेक बस्नेत लगायत सदस्यहरु चयन भएका छन ।आजै प्रकाश शिवाको अध्यक्षतामा २९ सदस्यीय पथरीशनिश्चरे नगर कमिटी पनि गठन गरेको अनेरास्ववियूले जनाएको छ ।
अनेरास्ववियूको केन्द्रीय कमिटी सचिव मिलन बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एस १ न. प्रदेश कमिटीका सदस्य कुमार चम्लिङ र पथरीशनिश्चरे नगर कमिटी अध्यक्ष तुलसि ढकाल लागायतको आतिथ्यता रहेको थियो ।




















