- तेजबहादुर बन
इटहरी । यतिबेला उद्योग वाणिज्य संघ इटहरीमा निर्वाचनको माहोल तातिएको छ । भोलि असार १४ गते शनिबार नयाँ नेतृत्वका लागि पुराना अनुहारका चर्चित व्यवसायी भिम पौडेल र शैलेस बिष्टको प्यानल बिच कडा प्रतिस्पर्धा हुने भएको छ । यो समाचार तयार पार्दा सम्म दुवै पक्ष बिच कुनै सहमति नहुदा शनिवार निर्वाचनमा जाने तय भएको छ ।
बिस्ट र पौडेल दुवै पक्षले अहिले आ आफ्नो पक्षमा जित पक्का दावि गर्दै आएका छन । इटहरीमा करीब २० वर्ष देखि ब्यवसाय गर्दै ब्यापारीहरूको सानो भन्दा सानो गुनासो समबोधन गरिदिएको कारण जित आफ्नो पक्षमा पक्का रहेको बिष्टको दाबि छ भने इटहरीमै पछिल्लो २० वर्ष देखि व्यवसाय गर्दै बिभिन्न सामाजिक काममा लागेको र धेरै ब्यवसायीहरूलाइ बिभिन्न रूपमा सहयोग गरेकै कारण धेरै भन्दा धेरै भोट पाएर आफू जित्ने पौडेल पक्षको दाबि छ ।
दुवै पक्षको जित दाबि गरिरहदा इटहरीमा केहि पक्षले भने यहि चुनावलाइ कमाउ धन्दा बनाउदै पत्रकारीताको समेत दुरूपयोग गरेको प्रमाण भेटिएको छ । बजारमा कहिले नदेखिएको एक साप्ताहिक पत्रिकाले उवासंघ निर्वाचन बिशेषाङक भन्दै पौडेल पक्षलाइ मात्र समेटेर सक्दो चर्चा गरिएको छ । रातारात छापेर निर्वाचनको अघिल्लो दिन शुक्रबार उक्त पत्रिका बजारमा पूर्याइएको छ ।
चुनावको मुखैमा रातारात पत्रिका छापेर बजारमा बाडिएपछि अहिले इटहरीमा पौडेल बिरूद्ध बिभिन्न आरोहरू लाग्न थालेको छ । गत १२ गते राती पनि आफ्नै पक्षका सदस्य पदका उम्मेद्वार जिवन पराजुलीको होटलमा आफु निकटका ब्यवसायी र हितौषीहरूलाइ बोलाएर ककटेल पार्टी दिएपछि उवासंघका अध्यक्ष पदका प्रत्यासी पौडेल बिवादमा तानिएका थिए ।
बिवाद सेलाउन नपाउदै पुन रातारात पत्रीका छापेर बजारमा बाडीएपछि उनैले पैसा दिएर भाडाका पत्रकार प्रयोग गरेको आरोपहरू लाग्न थालेको छ । उक्त पत्रिकाको अघिल्लो पृस्ठ देखि मध्य र अन्तिम पृस्ठ सम्मै पौडेल पक्षकै मात्र चर्चा गरिएको भेटिएपछि चुनाव जित्न पौडेल पक्षले नै यस्तो प्रपञ्ज रचेको बिष्ट पक्षको आरोप छ ।
हेर्नुस पत्रिका

यता यस बिषयमा बयवसायी तथा उद्योग बाणिज्य संघ इटहरिका अध्यक्ष पदका प्रत्यासी भिम पौडेल संग सम्पर्क गर्दा उहाले कुनै पनि पत्रकार तथा पत्रिकालाइ आफुले पैसा नदिएको र रातारात छापिएको पत्रिकाबारे आफुलाइ कुनै जानकारी नै नभएको बताउनुभयो ।
यता इटहरीमा उद्योग बाणिज्य संघको निर्वाचनकै फाइदा लुटदै पित पत्रकारीता गर्दै आइरहेका गिरोहले भने पत्रकारीताको नाममा कमाउ धन्दा बनाएका छन ।निर्वाचन बिशेषाङक भनेर इटहरीमा समय आवाज नाम गरेको एक साप्ताहिक पत्रिकाले पत्रकारीताकै धज्जिया उडाउदै चुनावको मुखैमा एक पक्षिय समाचार लेखेर आफ्नै पेशालाइ अमर्यादित बनाएको हो ।
उक्त पत्रिका दशै तिहार , नयाँ बर्ष र यस्तै मौकाको बेला मात्रै प्रकासन हुदै स्थानीय व्यवसायीहरूबाट रकम असुल्ने गरेको छ । स्मरण रहोस यो त्यहि पत्रिका हो जसले स्थापनाको सुरूवातमै एक दैनिक पत्रिकाको सम्पादकिय समेत चोरी गरेर छापेको थियो । उक्त पत्रिकाका प्रकाशक जिवन फुयाल हुन जो पटक पटक बिवादमा आइसकेका छन ।
यता यसै बिषयमा नेपाल पत्रकार महासंघ सुनसरिका अध्यक्ष अमर खडका संग कुरा गर्दा उनले आफुलाइ पत्रिकामा छापिएको समाचार बारे केहि थहा नभएको तर बुझेर खबर गर्ने बताए । त्यस्तै यसै बिषयमा नेपाल पत्रकार महासंघ प्रदेश नं एकका अध्यक्ष बिक्रम लुइटेल संग कुराकानी गर्दा उहाले निर्वाचनको बेला एक पक्षीय मात्र समाचार आउनु त्योपत्रकारीता नभएर पर्चा कारीता भएको बताउनुभयो । लुइटेलले त्यस्तो पत्रीकाको बिषयमा प्रेस काउन्सिल नेपालमा उजुरी गरे प्रकासन बन्द हुन सक्ने बताउनुभयो ।


