• भगवती  अर्याल 

विराटचोक ,१६ फागुन । नेकपा एमालेका पार्टी सदस्यहरुको प्रदेश न. १ मा पार्टी सदस्यता  नविकरण गर्ने कामको शुभारम्भ भएको छ । नेकपा एमालेको  'मिसन ग्रासरुट' अभियान अन्तरगत पार्टी सुदृढीकरण तथा पार्टी विस्तार कार्यक्रम अन्तरगतको क्रममा मोरङको लेटाङ र मिक्लाजुङका पार्टी सदस्यहरुले नविकरण गर्ने कामको शुभारम्भ गरेका हुन ।

Screenshot (2590)फागुन देखि चैत्र १५ सम्म पार्टी सदस्य नविकरण गर्ने पार्टीको कार्यतालिका अनुसार लेटाङ नगर कमिटीका ९ जना र मिक्लाजुङ गाउँ कमिटीका १४ जना गरि २३ जनाले शुभारम्भ गरेको पार्टी  पाेलिटव्यूराे सदस्य जीतु गाैतमले जानकारी दिए । अभियानमा गौतम लेटाङ र मिक्लाजुङको प्रमुख केन्द्रिय प्रतिनिधि हुन् ।  

सोमबार लेटाङको त्रिबेणी सामुदायिक बनको सभाहलमा भएको  नगर स्तरीय कार्यक्रममा नेकपा एमालेका पाेलिटव्यूराे सदस्य जीतु गाैतमको प्रमुख आतिथ्यता र प्रदेश नं.१ पार्टी कमिटी सचिवालय सदस्यहरु  खड्ग  बस्नेत, नागेश पाेखरेल,प्रदेश कमिटि सदस्यहरु अर्जुनराज अधिकारी, माेहन तुम्वाप्पाे, भूपेन्द्र कुमार लावती, जिल्ला कमिटी सदस्यहरु नन्दलाल धिमाल,डिल्ली बिक,शेरमान तामाङ्ग,हरिमाया बिश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो । 

यो पनि पढ्नुहोस - कानेपाेखरीमा सुरु भयो मिसन ग्रासरुट अभियान,हुदैछ यस्तो लोकप्रिय कार्यक्रम

333409162_910903913587240_7223883350465980973_nनगर कमिटीका सम्पूर्ण पादधिकारी तथा सदस्यहरु, वडाकमिटीका अध्यक्ष, सचिव, जनवर्गिय संगठनका प्रमुख लगायतकाे सहभागितामा सम्पन्न भएकाे छ । वैठकले मिसन ग्रासरुट अन्तरगत लेटाङ नगरपालिकाका विभिन्न वडामा जिम्मेवारी वाँडफाँड गरेकाे छ ।

नगर कमिटी अध्यक्ष कृष्ण लुइँटेलको अध्यक्षतामा सम्पन्न भएको बैठक नगरकमिटी सचिव जितबहादुर लामाले सञ्चालन गरेका थिए । 

यो पनि पढ्नुहोस - प्रधानमन्त्री प्रचण्डले देशकै वेइज्जत गरेकोभन्दै प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

Screenshot (2593)Screenshot (2592)334036221_1624402074648755_8401743536162762488_n (1)334073791_1877098979323105_7887145263459462102_n