• भगवती अर्याल 

विराटचोक,१६ फागुन । नेकपा एमालेले देशब्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ अभियानलाई  माेरङकाे कानेपाेखरी गाउँपालिका कमिटीले पनि आरम्भ गरेको छ । आज कमिटीको विस्तारित बैठकले विभिन्न कार्ययोजना बनाउँदै अभियानको थालनी गरेको हो ।

उक्त कार्यक्रमको अवसरमा केन्द्रीय प्रतिनिधि पार्टी केन्द्रीय सदस्य मीना पाेखरेल उप्रेतीले प्रशिक्षणमुलक मन्तव्य राख्नु भएको छ ।  कार्यक्रममा पार्टी  केंद्रीय अनुशासन आयोग सदस्य राजमती इङ्नामम, प्रदेश कमिटी सदस्यहरु ज्ञानेन्द्र सुवेदी,लक्ष्मी फुयाल, मधु गुरुङ,ताराबहादुर काफ्ले ,केशव पोख्रेल लगायतको आतिथ्यता रहेको थियो ।

यो पनि पढ्नुहोस् - मोरङमा एमालेको पार्टी सदस्य नविकरणको शुभारम्भ

May be an image of 6 people, people standing and people sittingकमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु,वडाकमिटीका अध्यक्ष, सचिव, जनवर्गिय संगठनका प्रमुख लगायतकाे सहभागितामा भएकों अभियानले कार्यविभाजन गर्दैँ प्रदेश र जिल्ला तहका नेताहरूलाई वडास्तरीय उत्प्रेरक ताेक्ने काम गरेको छ ।

त्यसैगरी सरसफाई तथा बृक्षराेपण कार्यक्रम गर्ने,नारी दिवस मनाउने, सहकारी नेतृत्व भेला गर्ने, कानेपाेखरी अस्पताल सरसफाई गर्ने ,जनसंगठन पदाधिकारीहरूकाे प्रशिक्षण,निर्वाचित जनप्रतिनिधिको भेला, साहित्य सिर्जना भेला,रक्तदान, जनतासँग जनप्रतिनिधिलगायतका काम गरिने एमाले मोरङका सचिवालय सदस्य  भोला अधिकारीले जानकारी दिनुभयो । 

 कानेपाेखरी गाउँ पालिका  कमिटी अध्यक्ष सुशील बुढाथोकीको अध्यक्षतामा भएको बैठकमा  उपाध्यक्ष  यशाेदा लिम्बूले स्वागत मन्तब्य गर्नुभएकाे  थियो भने सचिव चरण गुरूङले कार्यक्रम सञ्चालन गर्नु भएको  थियाे । 

May be an image of 5 people, people standing and people sitting